Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति
default
A A+ A-

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समय सीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्य–मुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ।

त्यस क्रममा केही दिनदेखि बनेपा बजार क्षेत्रमा ढल व्यवस्थापनसँगै पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रको काम थालिएको हो। भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १६ किलोमिटर सडक खण्डलाई ६ लेनको कामअन्तर्गत दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो।

साँगा–धुलिखेलतर्फको आठ किलोमिटर दूरीको सडक विस्तारका लागि विसं २०७९ मंसिर २७ गते भएको सम्झौता अनुसार २०८२ मंसिर २५ गते सम्पन्न गर्नुपर्ने थियो। त्यसका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएकामा तोकिएको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएपछि थप एक वर्ष समय थपिएको हो।

सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेलसम्मको १५ दशमलव आठ किमी सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ। सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले आयोजनाको कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए।

उनका अनुसार हालसम्म काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ। भक्तपुरतर्फ सूर्यविनायकदेखि साँगासम्म ५४ प्रतिशत काम भएको महतोको भनाइ छ। भक्तपुरतर्फ सडक विस्तारको काम ढिलो ठेक्का सम्झौता भएकाले कम प्रगति देखिएको आयोजनाले जनाएको छ। काभ्रेपलाञ्चोकतर्फ हालसम्म साढे तीन किलोमिटर सडक ६ लेनमा नै पहिलो लेयरको कालोपत्र भएको महतोले जानकारी दिए।

“साँगादेखि धुलिखेलसम्मको सात दशमलव नौ किमी सडकमध्ये साढे ६ किमी चार लेनमा पहिलो लेयरको कालोपत्र भएको र अब काभ्रेतर्फ डेढ किमी सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको छ”, महतोले भने। साँगा–धुलिखेल खण्डको निर्माण व्यवसायीसँगको सम्झौताको म्याद आगामी मंसिर २३ गतेसम्म रहेकाले कुनै अप्ठ्यारो परिस्थिति नआए निर्धारित समयमै मुख्य काम सकिने आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगा खण्डमा हालसम्म ‘साइड स्ट्रक्चर’को काम लगभग सकिएको छ। भक्तपुरतर्फ हालसम्म डेढ किमी सडक ६ लेनमै पहिलो कालोपत्र सकिएको छ भने साँगाको अण्डरपासमा दुई लेनमा एक दशमलव दुई किमी सडकमा पहिलो तहको कालोपत्र भएको महतोले जानकारी दिए। भक्तपुरतर्फ सडक विस्तारको म्याद आगामी फागुन महिनामा सकिँदैछ।

सूर्यविनायक–साँगा खण्डको सात दशमलव तीन किमी सडकका लागि विसं २०७९ पुसमा आशिषकुमार श्रेष्ठ–बन्धन–भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाखमा आयोजनासँग ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले समय सीमाभित्र मुख्य काम सक्ने र बाँकी कामका लागि केही समय थपेर २०८४ असार महिनाभित्र सडकको सम्पूर्ण काम सम्पन्न गराउन सकिने महतोको भनाइ छ।

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक खण्ड विस्तारको कामले पछिल्लो महिनादेखि तीव्रता लिए पनि राजमार्गअन्तर्गतको जगाति खोला, महादेवखोला, पुण्यमाता खोलामा पुल नबनेका कारण यातायात सञ्चालनमा केही समस्या देखिएको छ। ती स्थानमा राति मालवाहक सवारीसाधन सञ्चालन हुने भएकाले पुल निर्माण हुने स्थानमा खाल्डाखुल्डी र सवारीसाधनको जाम हुने गरेको छ।

2