Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण

पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण
A A+ A-

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले कन्टेन्ट क्रिएटरहरूलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सुन्दरता, ओझेलमा परेका पर्यटकीय गन्तव्य, विविध संस्कृति, मौलिक परम्परा र साहसिक पर्यटनका अनुभवलाई तस्बिर, भिडियो तथा सिर्जनात्मक कथामार्फत विश्वसामु प्रस्तुत गर्न क्रिएटरहरूलाई आग्रह गरेको हो।

यस पहलअन्तर्गत छनोटमा पर्ने कन्टेन्ट क्रिएटरलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि प्रायोजन गरिनेछ। उनीहरूले भ्रमणका क्रममा तयार पारेका सामग्रीमार्फत नेपालको पर्यटन सम्भावना र आकर्षणलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालका चर्चित पर्यटकीय क्षेत्रसँगै कम प्रचारप्रसार भएका गन्तव्य, स्थानीय संस्कृति, परम्परा र साहसिक गतिविधिलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।

सरकारले कन्टेन्ट क्रिएसनलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने दृष्टिकोणसमेत अघि सारेको छ। पर्यटन प्रवर्द्धनमा डिजिटल सामग्री र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई उपयोग गर्दै यस क्षेत्रलाई व्यावसायिक अवसरका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

इच्छुक कन्टेन्ट क्रिएटरले आफ्नो विवरण [email protected] मा पठाउन सक्नेछन्।

2