Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

ह्याकिङपछि बाइनान्सबाट अर्बौं डलर निकासी

ह्याकिङपछि बाइनान्सबाट अर्बौं डलर निकासी
A A+ A-

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सका प्रयोगकर्ताले ठूलो साइबर आक्रमणपछि ३ अर्ब ६० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति झिकेका छन् । गत साता भएको साइबर आक्रमणका कारण कारोबार स्थगित गरेको बाइनान्सले आइतबारदेखि सेवा पुनः सञ्चालनमा ल्याएपछि प्रयोगकर्ताले ठूलो परिमाणमा रकम निकालेका हुन् ।

उक्त साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलर मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका थिए । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) सहितका प्रमुख निकायले आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएका छन् । यसलाई हालसम्मकै ठूलो साइबर आक्रमणमध्ये एक मानिएको छ ।

बाइनान्सका अनुसार आक्रमणबाट प्रभावित सम्पत्तिमध्ये करिब ९५ प्रतिशत बराबरको रकमको व्यवस्था गरिसकिएको छ । बाँकी रकम जुटाउन भने थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ । आक्रमणबाट भएको सम्पूर्ण क्षतिको भरपाई गर्ने प्रतिबद्धता पनि बाइनान्सले दोहोर्‍याएको छ ।

कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत सुरुमा प्रयोगकर्ताले तीव्र गतिमा रकम झिके पनि पछिल्लो समय निकासीको चाप घट्दै गएको जनाएको छ । कम्पनीका अनुसार अवस्था अपेक्षा गरिएअनुसार सामान्य बन्दै गएको छ ।

साइबर आक्रमणपछि रोकिएका बिटक्वाइन र इथेरियमजस्ता प्रमुख क्रिप्टोकरेन्सीको निकासी सेवा पुनः सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । सुरक्षा परीक्षण पूरा भएपछि अन्य सेवा पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ ।

आक्रमणपछि अर्बौं डलर बराबरको सम्पत्ति निकासी हुनुले क्रिप्टोकरेन्सी कारोबारमा प्रयोगकर्ताको विश्वास र डिजिटल सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि बाँकी रकमको व्यवस्थापन र सुरक्षा प्रणालीको विश्वसनीयता कायम गर्नु बाइनान्सका लागि प्रमुख चुनौती बनेको छ ।

2