Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

एभरेष्ट सुगरको व्यापार ४० प्रतिशतले बढ्यो

एभरेष्ट सुगरको व्यापार ४० प्रतिशतले बढ्यो
A A+ A-

काठमाडौं । व्यवसायी शशिकान्त अग्रवालको एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको व्यापार ४० प्रतिशतले बढेर ३ अर्ब २० लाख रुपैयाँ पुगेको छ। कम्पनीले सन् २०२५ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको व्यापार सन् २०२४ मा ३ अर्ब ३२ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ रहेको थियो।

व्यापार बढे पनि कम्पनीको नाफा मार्जिन भने घटेको छ। सन् २०२५ मा १२.९४ प्रतिशत रहेको कम्पनीको करपछिको नाफा मार्जिन सन् २०२६ मा घटेर ६.४६ प्रतिशतमा सीमित भएको छ। कम्पनीको नाफा मार्जिन ११.४० प्रतिशत रहेको छ।

कम्पनीको पुँजीगत संरचनामा भने सुधार देखिएको छ। सन् २०२५ मा १.२६ गुणा रहेको कम्पनीको समग्र गियरिङ सन् २०२६ मा घटेर १.१९ गुणामा झरेको छ।

यद्यपि, कम्पनीको कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात बढेको छ। सन् २०२५ मा १.४० गुणा रहेको यस्तो अनुपात सन् २०२६ मा बढेर १.५७ गुणा पुगेको छ।

त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता र ऋण सेवा क्षमतामा पनि गिरावट आएको छ। सन् २०२५ मा ९.५८ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा घटेर ६.०४ गुणामा झरेको छ। ऋण सेवा कभरेज अनुपात पनि ४.१४ गुणाबाट घटेर ३.१६ गुणामा सीमित भएको छ।

सन् १९९४ मा स्थापना भएको एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको दैनिक उखु क्रसिङ क्षमता ५ हजार ५ सय टन रहेको छ। कम्पनीले सामान्य चिनी र सल्फर फ्रि चिनी उत्पादन गर्दै आएको छ।

कम्पनीसँग ९ मेगावाट क्षमताको सहउत्पादन विद्युत् प्लान्टसमेत रहेको छ। उक्त प्लान्टबाट उत्पादित अतिरिक्त ३ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न कम्पनीले विद्युत् खरिद सम्झौता गरेको छ।

महोत्तरीको गौशालामा रहेको यस उद्योगमा सराफ र शशिकान्त अग्रवाल परिवारको स्वामित्व रहेको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ।

2