Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

लिपमोटर बी०३एक्सको डेलिभरी सुरु

लिपमोटर बी०३एक्सको डेलिभरी सुरु
A A+ A-

काठमाडौं । चीनको विद्युतीय सवारीसाधन निर्माता लिपमोटरको नयाँ विद्युतीय गाडी बी०३एक्सको नेपालमा डेलिभरी सुरु भएको छ। नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो।

काठमाडौंमा सडक परीक्षण तथा औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि कम्पनीले ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ। पहिलो समूहका ग्राहकले गाडी पाएसँगै लिपमोटर बी०३एक्स नेपाली सडकमा गुड्न थालेको छ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले सुरुदेखि नै बी०३एक्सप्रति ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताए। बुकिङपछि डेलिभरीको चरणमा प्रवेश गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले ग्राहकलाई स्मार्ट र उच्च गुणस्तरको विद्युतीय सवारी अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए।

उनले कम्पनीप्रति ग्राहकले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै गाडीको प्रतीक्षामा रहेका अन्य ग्राहकलाई पनि छिटो र सहज रूपमा डेलिभरी उपलब्ध गराउन टोली प्रतिबद्ध रहेको बताए।

५०५ किलोमिटर रेन्ज र १४५ किलोवाट मोटर

नेपाली सडकलाई ध्यानमा राखेर तयार गरिएको बी०३एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट-घण्टाको ब्याट्री रहेको छ। कम्पनीका अनुसार गाडीले सीएलटीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ। यसमा द्रुत चार्जिङ सुविधा पनि उपलब्ध छ, जसबाट ब्याट्रीको चार्ज ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

गाडीको भित्री भागमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरसहितको ध्वनि प्रणाली र लेभल २ एडीएएस सुरक्षा प्रविधि समावेश गरिएको छ।

बी०३एक्सको बुट स्पेस ५१० लिटर रहेको छ। पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने क्षमता बढेर १ हजार ६०५ लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।

स्टेलान्टिसको समर्थनमा विश्व बजार विस्तार

लिपमोटरलाई विश्वव्यापी रूपमा स्टेलान्टिस समूहको समर्थन प्राप्त छ। मासेराती, अल्फा रोमियो र प्युजोलगायत १४ प्रमुख सवारी ब्रान्डको स्वामित्व रहेको स्टेलान्टिस समूहले लिपमोटरलाई विश्वव्यापी रूपमा सहयोग गर्दै आएको छ।

कम्पनीका अनुसार लिपमोटरले अक्टोबर २०२६ को अन्त्यसम्म विश्वभर १९ लाखभन्दा बढी सवारीसाधन ग्राहकलाई डेलिभरी गरिसकेको छ।

सन् २०२६ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना कम्पनीले मासिक एक लाखभन्दा बढी सवारीसाधन डेलिभरी गरेको जनाएको छ। अक्टोबरमा मात्रै कम्पनीले विश्वभर १ लाख ६ हजार १२७ वटा सवारीसाधन डेलिभरी गरेको थियो।

हाल लिपमोटरको बिक्री तथा सेवा सञ्जाल ४५ भन्दा बढी देशमा फैलिएको छ। कम्पनीका अनुसार विश्वभर दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत लिपमोटरका सवारीसाधनको बिक्री तथा सेवा उपलब्ध हुँदै आएको छ।

2