Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

निसानको बिक्रीमा ५० प्रतिशत वृद्धि

निसानको बिक्रीमा ५० प्रतिशत वृद्धि
A A+ A-

एजेन्सी । निसान मोटर इन्डियाले सन् २०२६ को अक्टोबरमा भारतीय बजारमा ५० प्रतिशतको वार्षिक बिक्री वृद्धि हासिल गरेको छ। कम्पनीका अनुसार उक्त महिना घरेलु बजारमा तीन हजार ६०० वटा सवारीसाधन बिक्री भएका छन्। अघिल्लो वर्षको अक्टोबरमा यस्तो बिक्री दुई हजार ४०२ वटा थियो।

उत्पादनको दायरा विस्तार र वितरक सञ्जालको वृद्धि गर्दै आएको निसानले भारतीय बजारमा लगातार आठौँ महिना बिक्री बढाएको जनाएको छ।

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म कम्पनीले घरेलु बिक्री र निर्यात गरी कुल ८५ हजार १२४ वटा सवारीसाधन बिक्री गरेको छ। अक्टोबरमा मात्रै भारतबाट चार हजार ७१० वटा गाडी विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ‘वान कार, वान वर्ल्ड’ रणनीतिअन्तर्गत भारतस्थित उत्पादन केन्द्रबाट अन्तर्राष्ट्रिय बजारका लागि सवारीसाधन आपूर्ति गर्दै आएको छ।

निसानको बिक्री वृद्धिमा म्याग्नाइट, ग्राभाइट र नयाँ टेक्टोनजस्ता खेलकुद उपयोगी सवारीसाधन (एसयूभी) को योगदान रहेको कम्पनीको भनाइ छ। जापानी प्रविधि, आधुनिक सुविधा र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिइएका यी मोडलले भारतीय बजारमा ग्राहकको आकर्षण बढाएको कम्पनीले जनाएको छ।

निसान मोटर इन्डियाका प्रबन्ध निर्देशक सौरभ वत्सले अक्टोबरको बिक्री वृद्धिले ब्रान्डप्रति भारतीय ग्राहकको विश्वास र बजारमा कम्पनीको उपस्थितिलाई प्रतिबिम्बित गरेको बताएका छन्।

उनका अनुसार जनवरीदेखि अक्टोबरसम्मको कुल बिक्रीले कम्पनीको उत्पादन क्षमता र वितरक सञ्जालको विस्तारलाई देखाएको छ। चाडपर्वको मौसमलाई लक्षित गर्दै ग्राहकलाई गुणस्तरीय सवारीसाधन र भरपर्दो सेवा उपलब्ध गराउन कम्पनी केन्द्रित रहेको उनले बताए।

भारतबाट हुने निर्यातमा सहयोग गर्ने अन्तर्राष्ट्रिय वितरक, साझेदार र ग्राहकप्रति पनि वत्सले आभार व्यक्त गरेका छन्।

2