Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

एप्पलको बजार मूल्य ५० खर्ब डलर पार

एप्पलको बजार मूल्य ५० खर्ब डलर पार
A A+ A-

अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण ५० खर्ब अमेरिकी डलर नाघेको छ। सेयर मूल्यमा आएको ऐतिहासिक वृद्धिसँगै एप्पल पुनः विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ।

एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एप्पल इन्कको सेयर मूल्यमा ऐतिहासिक उछाल आएको छ। बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता ३५४ डलर नाघेपछि बजार पुँजीकरण ५० खर्ब डलर पार गरेको हो।

वित्तीय बजार विश्लेषक संस्था ‘द कोबेसी लेटर’का अनुसार एप्पलको कुल बजार मूल्यांकन ५१ खर्ब अमेरिकी डलर पुगेको छ। कारोबारका क्रममा कम्पनीको सेयर मूल्य एक समय ७ प्रतिशतसम्म बढेको थियो। यो एप्पलको सेयर मूल्यले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो।

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलतापछि वालस्ट्रिटमा देखिएको सकारात्मक माहोलले पनि सेयर बजारमा प्रभाव पारेको विश्लेषण गरिएको छ। अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि कृत्रिम बौद्धिकताका लागि आवश्यक ठूला डेटा सेन्टर निर्माणमा कडा नियमन हुन सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ।

डेटा सेन्टर र पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने एआई कम्पनीहरू नियामकीय दबाबमा पर्न सक्ने आकलनबीच एप्पल भने लगानीकर्ताको आकर्षणमा परेको हो। कम्पनीको आम्दानी मुख्यतः आईफोन र डिजिटल सेवामा आधारित भएकाले पनि यसलाई तुलनात्मक रूपमा सुरक्षित लगानी विकल्पका रूपमा हेरिएको छ।

एभरकोर आईएसआईका विश्लेषक अमित दरयानानीका अनुसार एप्पलको आम्दानी डेटा सेन्टरमा भन्दा आईफोन र डिजिटल सेवामा बढी निर्भर छ। यही कारण राजनीतिक तथा कानुनी अनिश्चितताका बीच कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढेको उनको विश्लेषण छ।

डेटा सेन्टर विस्तार सुस्त भएमा मेमोरी चिप्सको माग र मूल्य घट्न सक्ने सम्भावनाले पनि एप्पललाई फाइदा पुग्न सक्छ। चिप्सको मूल्य घट्दा कम्पनीको उत्पादन लागत कम हुने र नाफाको अनुपात बढ्न सक्ने अनुमान गरिएको छ।

एप्पलको पछिल्लो वित्तीय नतिजाले पनि सेयर मूल्य बढाउन सहयोग गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२६ को चौथो त्रैमासमा ११४ अर्ब ५० करोड अमेरिकी डलर राजस्व कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशत बढी हो। विश्लेषकहरूले भने ११३ अर्ब ३५ करोड डलर राजस्वको अनुमान गरेका थिए।

त्यस्तै, उक्त त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २.१० डलर पुगेको छ। बजार विश्लेषकहरूको अनुमान १.९९ डलर थियो। एप्पलको मुख्य आम्दानीको स्रोत आईफोन बिक्री १७.५ प्रतिशतले बढेर ५७ अर्ब ६० करोड डलर पुगेको छ। डिजिटल सेवाबाट भएको आम्दानी पनि बढेर कीर्तिमानी ३१ अर्ब ५७ करोड डलर पुगेको छ।

आईफोन बिक्री, डिजिटल सेवाको विस्तार र अपेक्षाभन्दा राम्रो वित्तीय नतिजाले एप्पलको बजार मूल्यलाई नयाँ उचाइमा पुर्‍याएको छ।

2