Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

आइफोन स्टोरेजमा एप्पलको भारी नाफा

आइफोन स्टोरेजमा एप्पलको भारी नाफा
A A+ A-

एप्पलले आइफोन १८ प्रोको स्टोरेज क्षमता बढाउँदा ग्राहकबाट लिने अतिरिक्त शुल्कमा ठूलो नाफा कमाइरहेको एक विश्लेषणले देखाएको छ। विशेषगरी १ टिबी र २ टिबी मोडलमा मेमोरी चिपको वास्तविक लागतभन्दा निकै बढी मूल्य राखेर कम्पनीले प्रतिफोन सयौँ डलर आम्दानी गरिरहेको छ।

द वाल स्ट्रिट जर्नलको विश्लेषणअनुसार, आइफोन १८ प्रोको १ टिबी स्टोरेजका लागि आवश्यक थप फ्ल्यास मेमोरीमा एप्पलले आपूर्तिकर्तालाई करिब १९२ अमेरिकी डलर तिर्छ। तर २५६ जिबीको आधारभूत मोडलभन्दा १ टिबी संस्करणको मूल्य ६०० डलर बढी राखिएको छ। यसबाट कम्पनीले प्रतिफोन करिब ४०८ डलर कुल नाफा कमाउने अनुमान छ।

२ टिबी मोडलमा नाफा अझ बढी छ। थप स्टोरेज कम्पोनेन्टको लागत करिब ४५० डलर भए पनि त्यसको मूल्यवृद्धिबाट कम्पनीले प्रतिफोन अनुमानित ७५० डलर नाफा निकालिरहेको विश्लेषणमा उल्लेख छ।

अघिल्लो पुस्ताको आइफोन १७ प्रोको तुलनामा नयाँ मोडलमा मेमोरीको लागत बढेको छ। आइफोन १७ प्रोमा १ टिबी स्टोरेज थप्दा एप्पलको खर्च करिब ४२ डलर थियो र कम्पनीले ३५८ डलर नाफा कमाउँथ्यो। आइफोन १८ प्रोमा लागत बढेर १९२ डलर पुगे पनि ग्राहकसँग लिइने अतिरिक्त मूल्य बढाएर नाफा ४०८ डलर पुर्‍याइएको छ।

तर ५१२ जिबी मोडलमा भने नाफाको अन्तर केही घटेको छ। यस संस्करणका लागि आवश्यक थप मेमोरीको लागत अघिल्लो पुस्तामा १५ डलर रहेकामा नयाँ मोडलमा बढेर ६६ डलर पुगेको छ।

अमेरिकी बजारमा आइफोन १८ प्रोको २५६ जिबी मोडलको सुरुवाती मूल्य १ हजार १९९ डलर छ। ५१२ जिबीका लागि १ हजार ३९९ डलर, १ टिबीका लागि १ हजार ७९९ डलर र २ टिबी मोडलका लागि २ हजार ३९९ डलर तोकिएको छ।

प्रविधि उद्योगभर मेमोरी चिपको लागत बढिरहेका बेला स्टोरेज अपग्रेड एप्पलका लागि आकर्षक आम्दानीको स्रोत बनेको छ। म्याकबुक र नयाँ आइफोनको उच्च मागका कारण सन् २०२६ को सेप्टेम्बरमा समाप्त भएको चौथो त्रैमासमा कम्पनीले भारतमा ऐतिहासिक आम्दानी गरेको जनाएको छ।

2