Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

हिरोको वर्चस्व तोड्दै होन्डा

हिरोको वर्चस्व तोड्दै होन्डा
A A+ A-

भारतको दुईपांग्रे सवारी बजारमा लामो समयदेखि कायम हिरो मोटोकर्पको दबदबा कमजोर बन्दै गएको छ। जापानी कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले लगातार चौथो महिना खुद्रा बिक्रीमा हिरोलाई पछि पार्दै बजारको पहिलो स्थान कायम राखेको छ। अक्टोबरमा होन्डाले २७ प्रतिशत बजार हिस्सा ओगट्दा हिरो २६ प्रतिशतमा सीमित भएको छ।

फेडरेसन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) का अनुसार, अक्टोबरमा होन्डाले ६ लाख ३७ हजार ६३० थान दुईपांग्रे सवारी बिक्री गरेको छ। हिरो मोटोकर्पले भने ५ लाख ९८ हजार ४३३ थान मात्रै बिक्री गर्न सकेको छ। दुई कम्पनीबीचको बिक्री अन्तर ३९ हजार १९७ थान पुगेको छ।

गत जुलाईदेखि होन्डाले लगातार हिरोलाई पछि पार्दै आएको छ। जुलाईमा दुई कम्पनीबीचको बिक्री अन्तर २९ हजार २५ थान थियो। अगस्टमा यो बढेर ३३ हजार ३४६ र सेप्टेम्बरमा ३४ हजार ५०९ थान पुगेको थियो। अक्टोबरमा अन्तर थप फराकिलो भएको छ।

गत वर्षको अक्टोबरको तुलनामा हिरोको बिक्री करिब ४१ प्रतिशत घटेको छ। तर, गत वर्ष दसैं र तिहार एउटै महिनामा परेकाले बिक्री उच्च भएको तथा वस्तु तथा सेवा करको दर घटाइएकाले यस वर्षको वार्षिक तुलनामा दुवै कम्पनीको बिक्री घटेको देखिएको हो।

समग्र सन् २०२६ को हालसम्मको बिक्रीमा भने हिरो अझै होन्डाभन्दा करिब ८९ हजार थान अगाडि छ। तर, गत वर्ष यी दुई कम्पनीबीच रहेको ६ लाख ४७ हजार थानको अन्तर यस वर्ष निकै घटेको छ।

बजारमा आएको यो परिवर्तनको एउटा कारण ग्राहकको रुचि र खरिद क्षमतामा आएको बदलावलाई मानिएको छ। ग्रामीण भारतमा हिरोको बलियो आधार रहेको १०० सीसी मोटरसाइकलको माग कमजोर हुँदा कम्पनी प्रभावित भएको विश्लेषण छ। कमजोर मनसुन, महँगो इन्धन र ग्रामीण क्षेत्रमा बढेको मुद्रास्फीतिले उपभोक्ताको खर्च गर्ने क्षमता घटाएको छ।

यसको विपरीत, सहरी तथा तलबभोगी वर्गमा स्कुटर र १२५ सीसी क्षमताका मोटरसाइकलको माग बढिरहेको छ। यी बजार खण्डमा होन्डाको उपस्थिति बलियो छ। यही परिवर्तनले पनि होन्डालाई बिक्रीमा अग्रता लिन सहयोग गरेको विश्लेषकहरूको भनाइ छ।

फाडाका अध्यक्ष साइ गिरिधरले होन्डा स्पष्ट रूपमा बजारको पहिलो स्थानतर्फ अघि बढिरहेको बताएका छन्। तर, हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत हर्षवर्धन चितालेले भने चाडपर्वको १०० दिने अवधिमा कम्पनीले २४ प्रतिशत वृद्धि हासिल गरेको र बजार हिस्सा नगुमाएको दाबी गरेका छन्। उनका अनुसार, गत वर्षको कर छुट र चाडपर्वको समय फरक पर्दा मासिक बिक्रीको तुलनामा असर देखिएको हो।

सन् २०११ मा हिरो र होन्डाबीचको साझेदारी टुंगिएपछि भारतीय दुईपांग्रे बजारमा हिरोले लामो समय नेतृत्व गर्दै आएको थियो। होन्डाले यसअघि केही महिनामा मात्रै शीर्ष स्थान हासिल गरेको थियो। तर, यसपटक लगातार चार महिना पहिलो स्थानमा रहँदै होन्डाले भारतीय दुईपांग्रे बजारको प्रतिस्पर्धामा आफ्नो पकड बलियो बनाएको छ।

2