Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

पूर्वाधारमा अडानीको आक्रामक विस्तार

पूर्वाधारमा अडानीको आक्रामक विस्तार
A A+ A-

भारतको अडानी समूहले पूर्वाधार व्यवसाय विस्तारका लागि आगामी दुई वर्षसम्म वार्षिक ३५ हजारदेखि ४० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। विमानस्थल, डेटा सेन्टर र पोलिभिनाइल क्लोराइड (पीभीसी) उत्पादनलाई प्राथमिकतामा राखेको समूहले ठूलो पुँजीगत खर्चमार्फत आफ्नो व्यवसाय विस्तार गर्ने तयारी गरेको हो।

अडानी इन्टरप्राइजेज लिमिटेडका वित्त प्रमुख मनन वखारियाका अनुसार कम्पनीले आगामी दुई वर्षसम्म वार्षिक करिब ४० हजार करोड भारु पुँजीगत खर्च गर्नेछ। यस लगानीको ठूलो हिस्सा विमानस्थल, डेटा सेन्टर र पीभीसी उत्पादन परियोजनामा केन्द्रित हुनेछ।

कम्पनीले पछिल्ला वर्षमा निर्माण गरेका पूर्वाधारलाई व्यावसायिक रूपमा पूर्ण सञ्चालनमा ल्याएर प्रतिफल आर्जन गर्ने चरणमा प्रवेश गरेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण वंशलले अडानी समूह पूर्वाधार निर्माणबाट लगानीको मूल्य र प्रतिफल प्राप्त गर्ने चरणमा अघि बढिरहेको बताएका छन्।

अडानी इन्टरप्राइजेजले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अहिलेसम्मकै उच्च वित्तीय नतिजा सार्वजनिक गरेको छ। सेप्टेम्बरमा समाप्त भएको अर्धवार्षिक अवधिमा कम्पनीको सञ्चालन नाफा (इबिट्डा) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढेर ११ हजार ९५८ करोड भारु पुगेको छ। त्यस्तै, एकीकृत आम्दानी ६२ प्रतिशतले बढेर ७१ हजार ५६९ करोड भारु पुगेको छ।

समूहको विस्तारमा विमानस्थल व्यवसाय प्रमुख आधार बनेको छ। नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थल सञ्चालन गरिरहेको अडानी एयरपोर्ट होल्डिङ्सले भारतको कुल हवाई यात्रु आवागमनको करिब २३ प्रतिशत र हवाई कार्गो ढुवानीको २९ प्रतिशत हिस्सा ओगटेको छ। सेप्टेम्बर त्रैमासमा मात्रै समूहका विमानस्थलबाट २ करोड १३ लाख यात्रुले सेवा लिएका छन्।

नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलले जुलाई १५ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको छ। आर्थिक वर्ष २०२८ सम्ममा वार्षिक २ करोड यात्रु व्यवस्थापन गर्ने पूर्ण क्षमता उपयोग गर्ने लक्ष्य कम्पनीले राखेको छ।

डेटा सेन्टर व्यवसायमा पनि समूहले ठूलो लगानी विस्तार गरिरहेको छ। अडानी समूह र साझेदारहरूको संयुक्त पहल अडानी कोनेक्सले १.४ गिगावाट क्षमताका डेटा सेन्टर विकास गरिरहेको छ। त्यसमध्ये १.२ गिगावाट क्षमताका लागि सम्झौता भइसकेको कम्पनीले जनाएको छ। आगामी १२ देखि १८ महिनाभित्र सञ्चालन क्षमता ५०० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ।

यसैगरी, गुजरातको मुन्द्रामा करिब २६ हजार करोड भारु लगानीमा वार्षिक १० लाख टन उत्पादन क्षमताको पीभीसी कम्प्लेक्स निर्माण भइरहेको छ। आयोजनाको करिब ६० प्रतिशत भौतिक तथा वित्तीय काम सम्पन्न भएको छ। आगामी आर्थिक वर्षभित्र पहिलो चरणको व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको अपेक्षा छ।

सौर्य ऊर्जा क्षेत्रमा पनि अडानीले उत्पादन क्षमता बढाइरहेको छ। कम्पनीले सौर्य मोड्युल उत्पादन क्षमता १० गिगावाट पुर्‍याएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म ६ गिगावाट क्षमताको सौर्य सेल उत्पादन संयन्त्र सञ्चालनमा ल्याउने तयारीसमेत गरेको छ।

विमानस्थल, डेटा सेन्टर, पेट्रोकेमिकल र नवीकरणीय ऊर्जा क्षेत्रमा एकैसाथ लगानी विस्तार गर्ने योजनाले अडानी समूहको पूर्वाधार व्यवसायलाई थप ठूलो बनाउने लक्ष्य देखाएको छ। आगामी दुई वर्षको वार्षिक ४० हजार करोड भारुसम्मको पुँजीगत खर्चले भारतको पूर्वाधार क्षेत्रमा समूहको उपस्थिति थप विस्तार गर्नेछ।

2