Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

टेकमाइन्डको ४ अर्ब विस्तार योजना

टेकमाइन्डको ४ अर्ब विस्तार योजना
A A+ A-

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्ड नेटवर्कले आफ्नो नेटवर्क पूर्वाधार र सञ्चालन क्षमता विस्तार गर्न ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विभिन्न कम्पनी अधिग्रहणसहित १० वर्षभित्र लगानी सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले वार्षिक ४० करोड रुपैयाँ पुँजीगत खर्च गर्ने योजना बनाएको छ।

टेकमाइन्ड नेटवर्कले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ कारोबार गरेको छ। कम्पनीले सन् २०२५ मा ६९ करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा ७४ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। कारोबारमा केही उतारचढाव देखिए पनि कम्पनीले सञ्चालन मार्जिन भने बढाएको छ।

कम्पनीले गत आर्थिक वर्षमा १५ करोड १० लाख रुपैयाँ सञ्चालन मार्जिन कायम गरेको छ। सन् २०२५ मा यस्तो मार्जिन १४ करोड १० लाख रुपैयाँ थियो। तर, कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। सन् २०२५ मा २ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ।

कम्पनीको ग्रस क्यास अक्रुअल ११ करोड ६० लाख रुपैयाँ पुगेको छ। सन् २०२५ मा यस्तो रकम १० करोड ७० लाख रुपैयाँ थियो।

कम्पनीका अनुसार गत आर्थिक वर्षको कारोबारमा खुद्रा ग्राहकको योगदान ३३ प्रतिशत, कर्पोरेट ग्राहकको योगदान ५ प्रतिशत र सामग्री बिक्रीको योगदान २० प्रतिशत रहेको छ।

सन् २०११ मा स्थापना भएको टेकमाइन्ड नेटवर्क सन् २०२४ जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको थियो। कम्पनीले उच्च गतिको फाइबर तथा केबल इन्टरनेटसँगै डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। विगत १५ वर्षदेखि इन्टरनेट सेवामा सक्रिय कम्पनी नेपालको इन्टरनेट सेवा प्रदायकमध्ये नवौँ स्थानमा रहेको छ।

नेपालमा करिब ६० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी सञ्चालनमा छन्। तीमध्ये २० वटा कम्पनीले समग्र बजारको ९८ प्रतिशत हिस्सा ओगटेका छन्। पाँच ठूला सेवा प्रदायकको मात्रै बजार हिस्सा ७२ प्रतिशत छ। यस्तो प्रतिस्पर्धात्मक बजारमा टेकमाइन्ड नेटवर्कले करिब ३ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीका देशभर १ लाख १८ हजार ६ सय ७८ सक्रिय ग्राहक रहेका छन्।

बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्यसहित कम्पनीले ठूलो लगानी योजना अघि सारेको हो। कम्पनीले विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी अधिग्रहण गर्दै नेटवर्क विस्तार, सञ्चालन क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधार गर्ने रणनीति लिएको छ।

यसका लागि कम्पनीले ४ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने योजना बनाएको छ। उक्त लगानी १० वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य छ। कम्पनीको अनुमानअनुसार वार्षिक औसत ४० करोड रुपैयाँ खर्च हुनेछ। अधिग्रहण र पूर्वाधार विस्तारमार्फत ग्राहक आधार बढाउने तथा बजारमा प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने कम्पनीको योजना छ।

लगानी व्यवस्थापनका लागि कम्पनीले ७५:२५ को ऋण तथा इक्विटी अनुपात तय गरेको छ। अर्थात् कुल लगानीको ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीबाट जुटाउने योजना छ।

कम्पनीले हालसम्म २२ करोड २० लाख रुपैयाँ पुँजीगत खर्च गरिसकेको छ। यसमध्ये ८ करोड रुपैयाँ बैंक ऋण र १४ करोड २० लाख रुपैयाँ इक्विटीमार्फत व्यवस्थापन गरिएको छ। बाँकी लगानी पनि यही संरचनाअनुसार जुटाउने कम्पनीको योजना छ।

इन्टरनेट बजारमा बढ्दो प्रतिस्पर्धा, प्रविधिमा भइरहेको परिवर्तन र ग्राहकको गुणस्तरीय सेवाप्रतिको अपेक्षालाई सम्बोधन गर्न कम्पनीले लगानी विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ। अधिग्रहणमार्फत ग्राहक संख्या र नेटवर्क पहुँच बढाउन सके कम्पनीले बजार हिस्सासमेत विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

कमलराज बास्तोला अध्यक्ष रहेको टेकमाइन्ड नेटवर्कले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४२ करोड रुपैयाँको रेटिङ गराएको छ। कम्पनीको प्रस्तावित लगानी योजना कार्यान्वयन भएमा आगामी वर्षहरूमा यसको सञ्चालन क्षमता र बजार उपस्थितिमा थप विस्तार हुने अपेक्षा गरिएको छ।

2