Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम (फोटो फिचर)

त्रिवि क्रिकेट मैदानको स्तरोन्नती धमाधम (फोटो फिचर)
अ+ अ-

काठमाडौँ- त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ ।

अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

डेढ वर्षदेखि निर्माण कार्य सुरु भएको मैदान परिसरको प्यारापिटमा सिट राख्ने काम सकिएको छ । अहिले फ्लडलाइट जडान, मैदानको सरसफाइ र क्रिज पेल्ने काम धमाधम भइरहेको छ । त्यस्तै तार जाली लगाउने र पार्किङ बनाउने काम भइरहेको छ ।

रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गर्ने काम भइरहेको छ । ६ वटा पोल मध्ये तीन वटा पोलमा फ्लडलाइट जडान भइसकेको छ भने बाँकी तीन वटा पोलमा लाइट राख्ने काम सुरु गरिएको छ ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा निर्धारण गरेको थियो ।

गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो । फ्लडलाइटकाे काम सकिएपछि सम्भव भएसम्म एनपिएलका खेल राती खेलाइने क्यानको तयारी छ ।

2