Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य
अ+ अ-

काठमाडौँ- तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।

कालीमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्यले गत वर्षको तुलनामा तरकारीको मूल्य बढेको तर गत चैतको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डीलगायतका तरकारी क्रमशः घट्न थालेको जानकारी दिनुभयो । बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहेका आचार्यले हिउँदे तरकारीको सिजन सकिने, बर्खे तरकारीको सिजन सुरु भएकाले क्रमशः गत वर्षकै लयमा फर्किने दाबी गर्नुभयो । समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छ/सात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढेको छ ।

समितिका निर्देशक विनय श्रेष्ठले यो बेला हिउँदे तरकारीको सिजन सकिएको र नयाँ तरकारी आउने क्रममा रहेकाले मूल्यमा असर परेको बताउनुभयो । यद्यपि गत सातादेखि मकवानपुर, चितवन र केही तराईका जिल्लाबाट बर्खे तरकारी आउन थालिसकेको र अब क्रमशः घट्ने उहाँले बताउनुभयो ।

समितिका अनुसार यो समय कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्ला र तराईका सर्लाही, बारा, पर्साबाट आउने गर्छन् ।

2