udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

३० महिनाको योजना, साढे ९ वर्ष बित्दा पनि ६२ किलोमिटर हुलाकी सडक अधुरै

३० महिनाको योजना, साढे ९ वर्ष बित्दा पनि ६२ किलोमिटर हुलाकी सडक अधुरै
A A+ A-

महेन्द्रनगर । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे ९ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पटक–पटक म्याद थप, सरकारी आग्रह र स्थानीय दबाबका बाबजुद आयोजना अझै नयाँ ठेक्का प्रक्रियामै अल्झिएको छ।

२०७३ फागुनमा तीन चरणमा ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको सडकको पहिलो र अन्तिम प्याकेज सम्पन्न भए पनि बीचको बेलौरी–बेल्डाडी खण्ड अझै अधुरै छ। हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार ठेकेदारको लापरबाहीका कारण आयोजना समयमै पूरा हुन सकेन। कार्यालयले आवश्यक सबै सहजीकरण गरे पनि निर्माण कम्पनीले कामलाई प्राथमिकता नदिएको उनले बताए।

उनका अनुसार डोकेबजार–बेलौरी खण्ड हस्तान्तरणको प्रक्रियामा छ भने बेल्डाडी–दैजी खण्ड निर्माण सकिएर त्रुटि दायित्व अवधिमा पुगेको छ। तर बीचको प्याकेजमा निर्माण कम्पनीले बनाएको ११ किलोमिटर कालोपत्रे सडकसमेत धेरै ठाउँमा भत्किएपछि ठेक्का तोडिएको छ। अब नयाँ लागत अनुमान तयार पारेर करिब डेढ महिनाभित्र पुनः ठेक्का आह्वान गर्ने तयारी गरिएको छ।

भारतसँगको सीमा क्षेत्रमा देखिएको अवरोधका कारण पचुई क्षेत्रको करिब १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न नसकिने भएकाले त्यो भाग बाहेकको काम अघि बढाइने कार्यालयले जनाएको छ।

बेलौरी–बेल्डाडी खण्ड निर्माणका लागि यसअघि ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले २८ करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेको छ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सडक निर्माण सम्पन्न गराउन स्थानीय तहले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराए पनि परिणाम ननिस्किएको बताए। भारतीय पक्षसँग समेत समन्वयको प्रयास भए पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ।

अहिले अधुरो सडक वर्षातमा हिलाम्मे बनेपछि स्थानीयलाई दैनिक आवतजावतमै सास्ती भइरहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action