Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भक्तपुरमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगबाट ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ।

विभागमा परेको उजुरीका आधारमा साउन १५ गते गरिएको अनुगमनका क्रममा भक्तपुर–८, लिवालीस्थित जय शम्भु डेरी उद्योग प्रालिमा कैफियत भेटिएपछि उक्त कारबाही गरिएको हो।

विभागका अनुसार उद्योगबाट संकलित दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर मापदण्डभन्दा कम पाइएको थियो। परीक्षणमा दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र भेटिएपछि मापदण्ड नपुगेको निष्कर्षसहित ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, विभागले सोही दिन कागेश्वरी मनोहरा–७ स्थित ए वान पोलीमर एण्ड बेभरेज प्रालिमा पनि अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगको भौतिक पूर्वाधार कमजोर रहेको, टायल फुटेको तथा सरसफाइ व्यवस्थापन सन्तोषजनक नरहेको पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

उक्त उद्योगबाट पनि थप परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको विभागले जनाएको छ।

2