Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

प्राधिकरणको डिजिटल छलाङ, डीएमएस र अनलाइन बिलिङ प्रणाली सञ्चालनमा

अ+ अ-

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र सफ्टवेयरमा आधारित बिलिङ प्रणाली सञ्चालनमा ल्याएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बुधबार दुवै प्रणालीको औपचारिक शुभारम्भ गर्दै डिजिटल प्राधिकरण निर्माणको अभियानमा यो महत्वपूर्ण कदम भएको बताए। उनले नयाँ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र समयअनुसार निरन्तर परिमार्जन गर्दै लैजान निर्देशनसमेत दिए।

विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाले प्रविधिमा आधारित प्रणालीले विभागको कामलाई थप पारदर्शी बनाउनुका साथै निजी ऊर्जा प्रवर्द्धकलाई पनि सहज वातावरण सिर्जना गर्ने बताए। उनका अनुसार यसले विद्युत् खरिद सम्झौता (पीपीए) तथा निर्माण व्यवस्थापनसँग सम्बन्धित प्रक्रिया अझ व्यवस्थित र सरल बनाउनेछ।

डीएमएस सञ्चालनमा आएपछि निर्माणाधीन आयोजनाले चौमासिक प्रगति विवरण, सञ्चालनमा रहेका आयोजनाले वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट तथा बिमा विवरण अब अनलाइनमार्फत बुझाउन सक्नेछन्। स्वतन्त्र ऊर्जा उत्पादक (आईपीपी)हरूले विभागसँग गर्ने पत्राचार पनि यही प्रणालीबाट गर्न सक्नेछन्। साथै, सबै पीपीए र आयोजनासम्बन्धी विवरण एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध हुने प्राधिकरणले जनाएको छ।

यस्तै, सफ्टवेयरमा आधारित बिलिङ प्रणालीमार्फत सञ्चालनमा रहेका आयोजनाले एभेलेबिलिटी डिक्लेरेसन, रिभाइज्ड एभेलेबिलिटी डिक्लेरेसन, संयुक्त मिटर रिडिङ तथा मासिक विद्युत् बिलसम्बन्धी प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन्।

प्राधिकरणका अनुसार यो सेवा प्रारम्भमा सीमित आयोजनाबाट सुरु गरिनेछ र क्रमशः सबै आयोजनामा विस्तार गरिनेछ।

नयाँ डिजिटल प्रणाली लागू भएसँगै निजी ऊर्जा प्रवर्द्धक र विद्युत् प्राधिकरणबीचको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन थप छिटो, पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा व्यवसाय विकास निर्देशनालयकी उपकार्यकारी निर्देशक चन्दा न्यौपाने, विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापालगायत विभागका कर्मचारीको उपस्थिति रहेको थियो। प्रणालीको प्राविधिक प्रस्तुति इन्जिनियर सञ्जीव भट्टराईले गरेका थिए।

2