Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सरकारको कार्यशैलीले निजी क्षेत्र त्रसित, अर्थतन्त्र संकटतर्फ : कांग्रेस

अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको र मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको दाबी गरेको छ।

बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले पर्याप्त प्रमाणबिनै व्यवसायिक प्रतिष्ठानमा छापा मार्ने प्रवृत्तिले लगानीको वातावरण बिगारेको आरोप लगाए।

‘निजी क्षेत्र अहिले आतंकित बनेको छ। प्रमाणबिनै छापा मार्ने काम भइरहेको छ, यसको नकारात्मक असर समग्र अर्थतन्त्रमा पर्छ,’ उनले भने।

चालिसेका अनुसार मुलुकको अर्थतन्त्र मन्दी, कमजोर लगानी र बढ्दो बेरोजगारीको चपेटामा परेका बेला सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिरहेको छ। मन्त्रीहरूबाटै आउने धम्कीपूर्ण अभिव्यक्तिले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल कमजोर बनाएको उनको दाबी छ।

कांग्रेसले सरकारले विभिन्न क्षेत्रमा जनविश्वास गुमाउँदै गएको आरोप पनि लगाएको छ। विदेश नीति, सुकुम्बासी व्यवस्थापन, मल तथा एलपी ग्यासको आपूर्तिलगायत आधारभूत विषयमा सरकार असफल भएको टिप्पणी गर्दै चालिसेले आपूर्ति, भण्डारण र वितरण प्रणाली प्रभावकारी हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए।

उनले सरकारले नागरिकका दैनिक समस्या समाधानमा भन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको आरोप लगाए।

सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका विषयमा पनि कांग्रेसले सरकारको आलोचना गरेको छ। चुनावअघि लालपुर्जाको आश्वासन बाँड्ने र चुनावपछि डोजर चलाउने शैली गैरजिम्मेवार भएको चालिसेको भनाइ थियो। अस्थायी आयोग र आश्वासनले समस्या समाधान नहुने भन्दै उनले अब नागरिकले परिणाम खोजिरहेको बताए।

कांग्रेसले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाएको छ। राष्ट्रको सार्वभौमसत्ता र अखण्डताजस्ता संवेदनशील विषयमा सरकार प्रमुखले संसद्मा बोल्दा संयम र परिपक्वता देखाउनुपर्ने कांग्रेसको धारणा छ। साथै, विदेशमा दूत वा प्रतिनिधि पठाउँदा आवश्यक प्रोटोकल, पारदर्शिता र जवाफदेहिताको पालना गर्न सरकारलाई आग्रह गरेको छ।

कांग्रेसले सरकारलाई नागरिकका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र अर्थतन्त्रलाई सही दिशामा लैजान तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।

2