udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वित्तीय संकटमा परेकालाई राहत दिन अर्थमन्त्रीको पहल

वित्तीय संकटमा परेकालाई राहत दिन अर्थमन्त्रीको पहल
A A+ A-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट झेलिरहेका नागरिक तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई राहत र सहजीकरण गर्ने उपायबारे नेपाल राष्ट्र बैंकका उच्च अधिकारीसँग विस्तृत छलफल गरेका छन्।

बुधबार साँझ अर्थ मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशक सहभागी थिए। यसअघि सोही दिन बिहान पनि अर्थमन्त्रीले राष्ट्र बैंकका अधिकारीहरूसँग प्रारम्भिक संवाद गरेका थिए।

अर्थतन्त्र सुधारका लागि व्यावहारिक सुझाव दिन आग्रह

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका अधिकारीलाई मुलुकका अनुभवी र दक्ष अर्थशास्त्रीको रूपमा उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि कार्यान्वयनयोग्य र ठोस सुझाव दिन आग्रह गरे।

उनले विगतका नीतिगत कारणले वित्तीय संकटमा परेका नागरिक र निजी क्षेत्रलाई सरकारले कसरी राहत दिन सक्छ भन्ने विषयमा स्पष्ट मार्गचित्र आवश्यक रहेको बताए। नयाँ बजेट कार्यान्वयनको चरणमा रहेकाले त्यसैलाई आधार बनाएर अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्नेमा उनले जोड दिए।

कालोसूचीमा परेकालाई अर्को अवसर दिने तयारी

अर्थमन्त्री वाग्लेले ऋण तिर्न नसकेर कालोसूचीमा परेका हजारौं नागरिक तथा उद्यमीलाई पुनः व्यवसायमा फर्किने अवसर उपलब्ध गराउने उपाय खोज्न राष्ट्र बैंकलाई आग्रह गरे।

उनले मौद्रिक नीतिका उपकरण प्रयोग गर्दा राष्ट्र बैंकले वस्तुनिष्ठ नियमनसँगै लगानीमैत्री सहजीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।

बजारमा सकारात्मक सन्देश गएको राष्ट्र बैंकको भनाइ

छलफलमा सहभागी राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक सन्देश गएको र व्यवसायिक आत्मविश्वास बिस्तारै फर्किन थालेको बताएका थिए।

उनीहरूले कोभिड–१९ महामारीको प्रभावबाट अर्थतन्त्र अझै पूर्ण रूपमा उकासिन नसकेको उल्लेख गर्दै त्यसकै असरस्वरूप कालोसूचीको समस्या जटिल बनेको बताए।

राष्ट्र बैंकका अधिकारीहरूले सर्वसाधारणको बचतको सुरक्षा सुनिश्चित गर्दै कालोसूचीमा परेका नागरिक र व्यवसायीलाई पुनर्जीवन दिने गरी तत्काल राहतमुखी नीतिगत कदम आवश्यक रहेको सुझाव दिएका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action