Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गरिमा विकास बैंकको नाफामा ३५.३४ प्रतिशत वृद्धि, १ अर्ब ६८ करोड नाघ्यो

अ+ अ-

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा ३५.३४ प्रतिशतले बढाएको छ।

बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म खुद नाफा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ थियो।

त्यस्तै, बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत वृद्धि भई २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। असुलीमा आएको सुधार र प्रभावकारी जोखिम व्यवस्थापनका कारण इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेको बैंकले जनाएको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपैयाँ मात्रै इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष यो रकम ६४ करोड ७० लाख रुपैयाँ थियो।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधारिएको छ। अघिल्लो वर्षको २१ रुपैयाँ ९६ पैसा बाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ।

बैंकले लाभांश वितरण गर्न सक्ने क्षमता पनि बलियो बनेको जनाएको छ। नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको बोनस सेयर र नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी अघिल्लो वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ बाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। असार मसान्तसम्म बैंकले ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

त्यसैगरी, बैंकको कुल सम्पत्ति ८.२१ प्रतिशत बढेर १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कुल सम्पत्ति १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।

2