udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लुम्बिनी विकास बैंकको नाफामा २५३ प्रतिशतको छलाङ, करिब १७ प्रतिशत लाभांश दिन सक्ने क्षमता

लुम्बिनी विकास बैंकको नाफामा २५३ प्रतिशतको छलाङ, करिब १७ प्रतिशत लाभांश दिन सक्ने क्षमता
A A+ A-

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय सुधार गरेको जनाएको छ। निष्क्रिय कर्जा बढे पनि कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) मा आएको उल्लेख्य कमीले बैंकको नाफा उच्च दरले बढेको हो।

बैंकका अनुसार समीक्षा अवधिमा खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ७.५३ प्रतिशत बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८५ करोड रुपैयाँ थियो। यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने २० करोड ६० लाख रुपैयाँबाट घटेर १८ करोड ४२ लाख रुपैयाँ मा सीमित भएको छ।

सञ्चालन खर्चमा वृद्धि देखिएको छ। कर्मचारी खर्च ४५ करोड ९१ लाख रुपैयाँबाट ५७ करोड ८० लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च २० करोड ८२ लाख रुपैयाँबाट २९ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

प्रोभिजन घट्दा नाफामा उछाल

बैंकको नाफा बढ्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको ठूलो कमी हो। अघिल्लो वर्ष ७७ करोड ८७ लाख रुपैयाँ प्रोभिजन छुट्याएको बैंकले गत आर्थिक वर्षमा १३ करोड ५० लाख रुपैयाँ मात्रै छुट्याएको छ।

बैंकका अनुसार कर्जा असुलीमा सुधार र ऋणीको भुक्तानी क्षमतामा आएको सकारात्मक परिवर्तनले प्रोभिजन घटाउन मद्दत पुगेको हो।

निष्क्रिय कर्जा बढ्यो

नाफा बढे पनि बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ४.७१ प्रतिशत रहेको एनपीएल बढेर ६.९४ प्रतिशत पुगेको छ।

यस्तै, कर्जा नोक्सानी व्यवस्था अनुपात पनि ११३.१४ प्रतिशतबाट घटेर ७९.७४ प्रतिशत मा झरेको छ। यसले बैंकले निष्क्रिय कर्जाको तुलनामा प्रोभिजनको स्तर घटाएको देखिन्छ।

करिब १७ प्रतिशत लाभांश दिन सक्ने अवस्था

नाफामा सुधारसँगै बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकसँग करिब १६.९९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको देखिएको छ।

व्यवसाय विस्तारतर्फ बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वित्तीय सूचकमा सुधार

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७३ पैसा कायम भएको छ भने पीई रेसियो २०.५८ गुणा रहेको छ।

त्यस्तै, पुँजीकोष अनुपात पनि १३.५६ प्रतिशतबाट बढेर १४.९६ प्रतिशत पुगेको छ। समग्रमा चुनौतीपूर्ण आर्थिक वातावरणका बीच बैंकले नाफा, पुँजीकोष र लाभांश वितरण क्षमतामा उल्लेखनीय सुधार गरेको देखिएको छ, यद्यपि बढ्दो निष्क्रिय कर्जा आगामी दिनका लागि बैंकको प्रमुख चुनौतीका रूपमा रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action