Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

लहान सबस्टेसनको ट्रान्सफर्मर स्तरोन्नति, ट्रिपिङ र लो-भोल्टेज समस्याबाट राहत

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिराहाको लहान सबस्टेसनमा रहेका दुईवटा पावर ट्रान्सफर्मरको क्षमता वृद्धि गर्दै सञ्चालनमा ल्याएको छ। यससँगै मधेश प्रदेशका हजारौं उपभोक्ताले लामो समयदेखि भोग्दै आएको लो–भोल्टेज र पटक–पटक विद्युत् अवरुद्ध हुने (ट्रिपिङ) समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ।

प्राधिकरणका अनुसार लहान सबस्टेसनमा रहेका १६ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मरलाई स्तरोन्नति गरी २४ एमभीए क्षमतामा सञ्चालनमा ल्याइएको हो। ती ट्रान्सफर्मर लामो समयदेखि ओभरलोडको चापमा सञ्चालन हुँदै आएका थिए।

क्षमता विस्तारसँगै मधेश प्रदेशमा विद्युत् आपूर्ति थप स्थिर, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको विश्वास छ।

यसबाट लहान नगरपालिका, धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका र सुखीपुर नगरपालिकाका उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

प्राधिकरणले ट्रान्सफर्मर स्तरोन्नतिले सर्वसाधारणको दैनिक जीवन सहज बनाउनुका साथै स्थानीय व्यापार, उद्योग तथा कृषि क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने जनाएको छ।

2