Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

असल नियतले काम गर्ने कर्मचारीलाई कानुनी संरक्षण आवश्यकः अर्थमन्त्री वाग्ले

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन राजस्वको दायरा विस्तार, विद्युत् महसुल प्रणालीमा सुधार र कर्मचारीतन्त्रको मनोबल उच्च राख्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षका लागि तय गरिएको १५ खर्ब ८० अर्ब रुपैयाँको राजस्व लक्ष्य हासिल गर्न अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउनुपर्ने र बीजकीकरण ९बिलिङ० संस्कृतिको विस्तार अपरिहार्य रहेको बताए।

उनले सर्वसाधारणलाई औपचारिक कर प्रणालीमा आकर्षित गर्न उपहार कार्यक्रम जस्ता प्रोत्साहनमुखी योजना प्रभावकारी हुन सक्ने धारणा पनि राखे।

विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयमा स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले यसको उद्देश्य उपभोक्तामाथि थप आर्थिक भार थोपर्नु नभई हालसम्म करको दायराबाहिर रहेको क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याई पारदर्शी लेखाङ्कन सुनिश्चित गर्नु रहेको बताए।

उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी थ्रेसहोल्ड वा शुल्क समायोजनका विषयमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए।

त्यस्तै, भन्सार प्रशासनलाई थप प्रभावकारी बनाउन १६औँ भन्सार सुधार आयोजना अन्तर्गत प्रमुख भन्सार नाकामा आधुनिक स्क्यानर र एक्स–रे मेसिन जडान गरी राजस्व चुहावट तथा अवैध व्यापार नियन्त्रण गरिने उनले बताए।

अर्थमन्त्री वाग्लेले सरकारी खरिद प्रक्रियामा संलग्न कर्मचारी कानुनी जोखिम र मनोवैज्ञानिक दबाबका कारण निर्णय लिन हिच्किचाउने अवस्था सिर्जना भएको बताए।

ठूला खरिदसम्बन्धी फाइलमा हस्ताक्षर गर्न कर्मचारी डराउने गरेको उल्लेख गर्दै उनले ऐन, कानुन र नियमावलीको पालना गर्दै असल नियतले काम गर्ने कर्मचारीलाई कानुनी संरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

2