udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्टार्टअप समिट नेपाल–२०२६ सुरु, उद्यमशीलता प्रवर्द्धनमा राष्ट्रिय अभियान

स्टार्टअप समिट नेपाल–२०२६ सुरु, उद्यमशीलता प्रवर्द्धनमा राष्ट्रिय अभियान
A A+ A-

काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भर अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नारासहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा नीति रिसर्च प्रालिद्वारा सञ्चालन हुने यस राष्ट्रिय अभियानको सुरुवात गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारी खोज्ने माध्यममा मात्र सीमित नराखी उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीहरूलाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने बन्न आग्रह गर्दै अनुसन्धान, सिर्जना र उद्यमशीलतालाई राष्ट्र निर्माणको आधारका रूपमा अघि बढाउनुपर्ने बताए।

कार्यक्रमकी अध्यक्ष तथा ‘स्टार्टअप समिट नेपाल–२०२६’की अध्यक्ष शोभा ज्ञवालीले वैदेशिक रोजगारी र बढ्दो ‘ब्रेन ड्रेन’लाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताइन्। युवामा पर्याप्त प्रतिभा, सिर्जनशीलता र क्षमता रहेको उल्लेख गर्दै उनले नेपालमै स्टार्टअपमार्फत नयाँ सम्भावना सिर्जना गर्न आह्वान गरिन्। यो अभियान सातै प्रदेश र ७७ वटै जिल्लाका युवासम्म विस्तार गरिने उनको भनाइ थियो।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियारले सफल व्यवसायका लागि ठूलो पूँजीभन्दा स्पष्ट सोच, दृढ इच्छाशक्ति र निरन्तर मेहनत आवश्यक हुने बताए। उनले कम्पनी दर्ता, कानुनी प्रक्रिया, बजार अध्ययन तथा स्टार्टअप कर्जासम्बन्धी व्यावहारिक जानकारीसमेत प्रस्तुत गरेका थिए।

केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापाले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यावसायिक सोच र नवप्रवर्तनको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै सफल व्यवसाय स्थापना गरेका उद्यमीहरूको प्रेरणादायी वृत्तचित्र प्रदर्शन गरिएको थियो। सहभागी विद्यार्थीहरूले स्टार्टअप, लगानी, बजार विस्तार र उद्यम सञ्चालनसम्बन्धी जिज्ञासा राखेका थिए।

स्टार्टअप समिट नेपाल–२०२६ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा आयोजित कार्यक्रममा करिब २०० विद्यार्थी, प्राध्यापक, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

आयोजकका अनुसार यो केवल उद्घाटन कार्यक्रममा सीमित नरही देशभर स्टार्टअप संस्कृति, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने दीर्घकालीन राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिनेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action