Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित बैंकका अन्य सञ्चालकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

स्मार्ट सेल कम्पनीको ऋण सकार गर्दा धितो लिलाम गरिएको प्रकरणमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार उनीहरूलाई पक्राउ गर्न अनुमति लिएको थियो। सोही विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले हालका लागि पक्राउ नगर्न आदेश दिएको हो।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अर्को आदेश नभएसम्म रिट निवेदकहरूलाई अनुसन्धानका नाममा पक्राउ नगर्न सीआईबीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतले सीआईबीलाई पक्राउ अनुमति लिनुको आधार र कारणसहित लिखित जवाफ पेश गर्न तथा दुवै पक्षलाई एक सातापछि छलफलका लागि उपस्थित हुन पनि आदेश दिएको छ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) बमोजिम जारी आदेशमा दुवै पक्षबीच छलफल भई अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा अन्तिम निर्णय नभएसम्म रिट निवेदकहरूलाई उक्त मुद्दाको अनुसन्धानका लागि पक्राउ नगर्न भनिएको छ।

2