Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

ज्योति विकास बैंकले नेपालपे कार्ड सेवा विस्तार गर्ने, एनसीएचएलसँग सम्झौता

ज्योति विकास बैंकले नेपालपे कार्ड सेवा विस्तार गर्ने, एनसीएचएलसँग सम्झौता
A A+ A-

काठमाडौं । ज्योति विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलको ईएफटी स्वीच नेसनल कार्ड स्वीचसँग एकीकृत भइसकेकाले अब उक्त सम्झौतापछि ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा ‘रुपे’ कार्डको अक्वायरिङ गर्दै नेपालपे कार्डका कारोबारसमेत प्रोसेस गर्न सकिनेछ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड नेपालसँगै विदेशमा पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ।

हाल एनसीएचएलको ईएफटी सेवामार्फत ११ सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबार प्रोसेस गर्दै आएका छन्। ईएफटी र नेसनल पेमेन्ट स्वीचबीचको एकीकरणपछि अब नेपालपे कार्डका कारोबार पनि यही प्रणालीमार्फत सञ्चालन हुनेछन्।

एनसीएचएलका अनुसार अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले पनि नेपालपे कार्ड जारी तथा अक्वायरिङ सेवा विस्तार गर्ने तयारी गरिरहेका छन्। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन्। तीमध्ये आठ संस्थाले नेपालपे कार्ड जारी गर्न थालेका छन् भने ११ संस्थाले अक्वायरिङ सेवा सञ्चालन गरिसकेका छन्।

2