udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जमजम ब्रदर्स नेपाल आइपुगे, भोलि सिभिल मलमा जमजम पर्फ्युम सार्वजनिक हुँदै

जमजम ब्रदर्स नेपाल आइपुगे, भोलि सिभिल मलमा जमजम पर्फ्युम सार्वजनिक हुँदै
A A+ A-

काठमाडौं । दुबईका चर्चित कन्टेन्ट क्रियटर जमजम दाजुभाइ नेपाल आइपुगेका छन् । उनीहरू शुक्रबार बिहान काठमाडौं आर्लिएका हुन् ।

उनीहरू शनिबार सिभिल मलमा जमजम पर्फ्युमको औपचारिक लन्च गर्दैछन् । मलको पहिलो तल्लामा रहेको स्टोरमा लन्च कार्यक्रम १ बजेका लागि तय गरिएको हो । उनीहरू शनिबारै दुबई फर्कँदैछन् ।

जमजम दाजुभाइको वास्तविक नाम अब्दुल गफुर र मोहम्मद शकुर हो । अब्दुल गफुरलाई ‘बडे भाइ’ (ठूल्दाइ) र मोहम्मद शकुरलाई ‘छोटे भाइ’ (सानोभाइ) भनेर चिनिन्छ । उनीहरू मूलतः पाकिस्तानको गुजरात सहरका हुन्, तर हाल उनीहरू संयुक्त अरब इमिरेट्सको दुबईमा बस्छन् । उनीहरूले अत्यन्तै सामान्य अवस्थाबाट आफ्नो व्यवसाय सुरु गरेका थिए र अहिले दुबईका सफल व्यवसायीहरूमध्ये पर्छन् ।

जमजम दाजुभाइ जमजम इलेक्ट्रोनिक्सका सञ्चालक हुन् । यो दुबईमा मोबाइल फोन, ल्यापटप र अन्य विद्युतीय सामग्रीहरूका लागि निकै प्रसिद्ध पसल हो । उनीहरूले आफ्ना उत्पादनहरू बेच्नका लागि प्रयोग गर्ने शैली निकै फरक र रमाइलो छ, जसले गर्दा उनीहरू विश्वभर चर्चित भए ।

उनीहरूको युट्युब च्यानलमा करोडौं सब्सक्राइबरहरू छन् । टिकटक र इन्स्टाग्राममा पनि उनीहरूको ठूलो फ्यान फलोइङ छ ।

उनीहरूले आफ्ना भिडियोहरूमा धेरैजसो उपहारको कुरा गर्छन् । उनीहरूको बोल्ने शैली, ऊर्जा र सामान किन्ने ग्राहकहरूलाई दिने सरप्राइजहरूका कारण मानिसहरू उनीहरूलाई निकै मन पराउँछन् ।

इलेक्ट्रोनिक्स बाहेक उनीहरूले अहिले आफ्नो व्यवसाय सुगन्धित अत्तर (पर्फ्युम) र घरजग्गामा पनि विस्तार गरेका छन् ।

जमजम दाजुभाइ नेपालीहरूमाझ पनि निकै लोकप्रिय छन् । उनीहरूले प्रशंसकहरूसँग भेटघाट गर्ने कार्यक्रमहरू पनि तय गरिएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action