udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निष्क्रिय कर्जा घटेपछि प्रोभिजन फिर्ता, ज्योति विकास बैंकको नाफा बढ्यो

निष्क्रिय कर्जा घटेपछि प्रोभिजन फिर्ता, ज्योति विकास बैंकको नाफा बढ्यो
A A+ A-

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को अन्तिम त्रैमासमा आफ्नो इतिहासकै सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक गर्दै आफूलाई एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ९०५ प्रतिशतले बढेको हो ।

बैंकले अघिल्लो वर्षको वितरणयोग्य मुनाफाको ठूलो घाटाबाट फड्को मार्दै चालु आर्थिक वर्षमा दीगो नाफामूलक अवस्थामा फर्किएको हो । यो उपलब्धिलाई प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बरालको नेतृत्वमा भएको रणनीतिक सुधारको प्रत्यक्ष प्रतिफलको रूपमा हेरिएको छ ।

बैंकले गत आवमा १ अर्ब ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि अघिल्लो आव २०८१/८२ मा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र निष्क्रिय कर्जाको अब्बल व्यवस्थापनबाट भएको प्रोभिजन फिर्ताका कारण नाफा बढ्न पुगेको देखिन्छ ।

अघिल्लो आवमा ९९ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंकले गएको एकै आर्थिक वर्षमा १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ र जसका कारण उक्त सञ्चित नोक्सानीबाट बैंक १४ करोड ४३ लाख रुपैयाँ लाभांश बाँड्न सक्ने अवस्थामा पुगेको छ ।

प्रोभिजन फिर्ता बाहेक बैंकको नाफा बढ्नुमा अन्य तीन कारण पनि रहेको छ । इन्डस्ट्रीको औसत भन्दा बढीले कर्जा विस्तार र स्प्रेड रेटमा समेत सुधार गर्दा बैंकको खुद ब्याज आम्दानीमा सुधार भएको छ भने फि तथा कमीसन आम्दानीमा पनि सुधार देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानीमा करिब २५ करोड रुपैयाँले बढेको छ । अघिल्लो आवमा २ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत आवमा बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै फि तथा कमिसन आम्दानी १६ करोड २९ लाख रुपैयाँबाट ७५ प्रतिशतले बढेर २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यस्तै बैंकले अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थाका लागि ८७ करोड ८५ लाख रुपैयाँ थप गर्नु परेको थियो । तर, गत आवमा बैंकले ३० करोड १२ लाख रुपैयाँ प्रोभिजनबाट फिर्ता गर्न सफल भएको छ । निष्क्रिय कर्जामा सुधारसँगै बैंकले प्रोभिजन रिभर्स गर्दा नाफामा सुधार भएको हो ।

बैंकले निष्क्रिय कर्जा अनुपात ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कोषको लागत ४.९९ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा मा झरेको छ ।

बैंकको स्प्रेड रेट ३.९६ प्रतिशतबाट बढेर ४.१५ प्रतिशत पुगेको छ । बैंकले निक्षेप र कर्जा दुबैमा सुधार गरेको छ । बैंकको ग्राहकहरुबाट संकलित निक्षेप ११.१६ प्रतिशतले बढेर ६७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै ग्राहकहरुमा प्रवाह गरिएको कर्जा ९.६१ प्रतिशतले बढेर ४९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार आएको छ। गत वर्ष २.२८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर अहिले २२.८८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८२ गुणा छ ।

बैंकको पुँजी कोष अनुपात १४.०५ प्रतिशत र सीडी रेसियो ८१.०७ प्रतिशत रहेको छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताबीच बैंक व्यवस्थापनले रिकभरीमा प्राथमिकता दिँदा बैंकको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो । प्राथमिक पुँजीकोषमा दबाब देखिएकोमा बैंकको व्यवस्थापनले रिकभरीमा उल्लेख्य सुधार हुँदा पुँजीकोषमा समेत सुधा देखिएको छ ।

यसले आगामी दिनमा बैंकलाई व्यवसाय विस्तार गर्न समेत पर्याप्त स्पेस दिएको छ । अघिल्लो आबमा ८.५४ प्रतिशत रहेको बैंकको प्राथमिक पुँजीकोष ९.५७ प्रतिशत पुगेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action