udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर मिनेटमै खात खोल्न सकिने

आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर मिनेटमै खात खोल्न सकिने
A A+ A-

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवालाई थप प्रविधिमैत्री र सरल बनाउने उद्देश्यका साथ युवाहरूलाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकको कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ । अब ग्राहकहरूले आफ्नै घर वा कार्यस्थलबाट डिजिटल माध्यमको प्रयोग गरी सहजै बैंक खाता खोल्न सक्नेछन् ।

विशेषगरी आधुनिक र डिजिटल प्रविधिमा रुचि राख्ने युवा पुस्तालाई लक्षित गरी ल्याइएको यस खाताको सबैभन्दा ठुलो विशेषता भनेकै भौतिक रूपमा बैंक उपस्थित हुनु नपर्ने सुविधा हो ।

यदि ग्राहकसँग राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) वा राहदानी (पासपोर्ट) उपलब्ध छ भने संसारको जुनसुकै कुनाबाट पनि सजिलै ग्लोबल आइएमई बैंकमा आफ्नो खाता खोल्न सकिन्छ । यसले गर्दा बैंक जाने समय र कागजी प्रक्रियाको झन्झटलाई पूर्ण रूपमा हटाएको छ ।

यस खाताका लागि अनलाइनमार्फत आवेदन दिएको केही समयमै खाता सक्रिय हुनेछ र ग्राहकले तत्कालै आफ्नो कारोबार सुरु गर्न सक्नेछन् । खाता खोल्ने बित्तिकै आफ्नै मोबाइलबाट मोबाइल बैंकिङ सुविधा पनि सहजै सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ । युवाहरूलाई डिजिटल बैंकिङतर्फ थप प्रोत्साहित गर्न बैंकले यस खाता अन्तर्गत पहिलो वर्ष मोबाइल बैंकिङ सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको छ, जसले गर्दा ग्राहकलाई थप आर्थिक लाभ पुग्ने देखिन्छ ।

आर्थिक भार कम गर्ने र बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ मा न्यूनतम मौज्दात राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छैन । ग्राहकले शून्य ब्यालेन्समै आफ्नो खाता सञ्चालन गर्न पाउनेछन्, जुन विद्यार्थी र युवाहरूका लागि अत्यन्तै उपयुक्त रहेको छ ।

बैंकले यस बचत खातामा आकर्षक ब्याजदर समेत प्रदान गर्ने सुनिश्चित गरेको बैंकले जनाएको छ, जसले गर्दा थोरै बचतमा पनि राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।

तत्काल खाता सञ्चालन हुने, निःशुल्क मोबाइल बैंकिङ पाइने र आकर्षक ब्याजदर समेत पाइने भएपछि अब बैंकको लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । त्यसैले, आजै आफ्नो मोबाइलबाट ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ खोली स्मार्ट र डिजिटल बैंकिङको नयाँ अनुभव लिन सकिने बैंकले जनाएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action