Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

१ करोड २० लाखभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमो तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । जाँचका क्रममा उनीहरूले वानएकस बेट एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी गर्ने तथा गराउने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले सट्टेबाजीमार्फत २ लाख ६ हजारभन्दा बढीको कारोबार गरेको देखिएको छ। यस्तै, युएसडिटीलगायतका क्रिप्टोकरेन्सीमार्फत ७९,०६८.६५ अमेरिकी डलर बराबरको कारोबार भएको पाइएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १,५०१.३२ डलर मौज्दातसमेत फेला पारेको छ, जुन नेपाली रुपैयाँमा २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबर हुन्छ। उनीहरूको साथबाट पाँच थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३० वर्षीय नविन पौडेल, सोही स्थानका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।

उनीहरूविरुद्ध सट्टेबाजी गर्न तथा गराउन नहुने र अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ ।

2