Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

हवाई भाडा चर्किँदा पर्यटन क्षेत्र प्रभावित: सोट्टो नेपाल

हवाई भाडा चर्किँदा पर्यटन क्षेत्र प्रभावित: सोट्टो नेपाल
A A+ A-

काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो-नेपाल) ले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी सीमित हुँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेको र हवाई भाडा अत्यधिक महँगो भएको गुनासो गरेको छ ।

साथै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा रूपान्तरण गर्न र अन्तर्राष्ट्रिय उडान विस्तार गर्न संस्थाले माग गरेको छ । सोट्टो नेपालले एक कार्यक्रम आयोजना गरी हवाई भाडा महँगीबारे धारणा सार्वजनिक गरेको हो ।

सन् २००८ मा स्थापना भएको सोट्टो-नेपालले स्थापनाकालदेखि नै पर्यटन व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, व्यवसायमा देखिएका विकृति-विसङ्गतिको अन्त्य र स्वस्थ पर्यटकीय वातावरण निर्माणका लागि काम गर्दै आएको छ ।

सोट्टो-नेपालले नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सिंगापुर, मलेसिया, रसिया, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यहरूमा हरेक वर्ष सफलतापूर्वक प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रेस नोटमा उल्लेख छ ।

त्यसैगरी, आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपादेउराली तथा स्वर्गद्वारी जस्ता गन्तव्यहरूको प्रवर्द्धनमा संस्थाले सक्रिय भूमिका खेलिरहेको छ । स्थानीय तहसँगको सहकार्यमा गोकर्णेश्वर-हेलम्बु पदयात्रा र बुढानीलकण्ठको दाम्दागाउँमा होमस्टे प्रवर्द्धन जस्ता कार्यहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको संस्थाको ठहर छ ।

प्रेस नोटमा भनिएको छ, ‘पर्यटनलाई उद्योगको रूपमा मान्यता दिलाउने, श्रम र सुरक्षा मापदण्ड बलियो बनाउने तथा अव्यावहारिक कर प्रणालीलाई व्यवसायमैत्री बनाउन हामी निरन्तर पैरवी गर्नेछौँ ।’

व्यवसायीहरूको क्षमता विकासका लागि तालिम, गोष्ठी र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै सक्रिय रहने जनाएको छ । भूकम्प, बाढीपहिरो र आगलागी जस्ता विपद्का समयमा संस्थाले आफ्ना सदस्यहरूमार्फत राहत र मानवीय सहयोग गर्दै आएको छ ।

सोट्टो-नेपालका अध्यक्ष मान बहादुर शाहीद्वारा हस्ताक्षरित उक्त नोटमा आगामी दिनमा संघीय, प्रादेशिक र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई समावेशी, प्रतिस्पर्धी र दिगो बनाउन अटल प्रतिबद्ध रहने उल्लेख गरिएको छ ।

2