Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

पोखरामा बीवाईडीको आधिकारिक थ्री–एस सर्भिस सेन्टर सञ्चालनमा

अ+ अ-

काठमाडौं। नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ।

पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने अपेक्षा गरिएको छ।

उक्त सर्भिस सेन्टरको उदघाटन प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को महत्वपूर्ण उपलब्धि भएको बीवाईडी नेपालले जनाएको छ। यसका साथै, ग्राहकलाई सवारी बिक्री पश्चात समेत सुपेरियर र सिन्सेयर सर्भिस प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसले थप मजबुत बनाएको कम्पनीको भनाइ छ।

यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए। अब भने आधिकारिक बीवाईडी सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बीवाईडीकै आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्न सक्नेछन्।

2