Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधार र लगानी विस्तार आवश्यक : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधार र लगानी विस्तार आवश्यक : उपाध्यक्ष भट्ट
A A+ A-

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा पनि नीतिगत सुधार र लगानी वृद्धिकै कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको अनुभव सुनाए ।

उपाध्यक्ष भट्टले नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै नीतिगत हस्तक्षेप र लगानी विस्तार गरिएका केही वर्षहरूमा ७ प्रतिशतसम्म पुगेको बताए ।

२०४१/४२ सालमा सुरु भएको उदारीकरण र २०४८/४९ सालको नीतिगत सुधारले आर्थिक वृद्धिको बाटो विस्तार गरेको उनले स्मरण गरे । साथै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा लगानी बढ्दा लगातार तीन वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल भएको उनले जानकारी दिए ।

नेपालको हालको आर्थिक अवस्थाबारे चर्चा गर्दै उनले अहिलेको आर्थिक वृद्धिको मुख्य आधार पुँजी र श्रमशक्ति मात्र रहेको बताए । नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिब ०.२ प्रतिशत मात्रै रहेको जानकारी दिँदै उनले उत्पादकत्व बढाउन प्रविधि र कार्यसंस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।

हाल नेपालको फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २६ प्रतिशत रहेको र यसलाई बढाएर ३० प्रतिशत पुर्‍याउन सके पुनः ७ प्रतिशतको वृद्धिदर भेट्न सकिने उनको तर्क थियो ।

भट्टले मानव पुँजी निर्माणमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गरे । बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण जनशक्तिमा समस्या देखिएको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र सीप विकासमा लगानी बढाएर दक्ष जनशक्तिलाई देशभित्रै टिकाउनुपर्ने बताए । आर्थिक विकासका लागि डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट प्राप्त हुने अवसरहरूको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सुशासन र समृद्धि एकअर्काका परिपूरक भएको बताउँदै भट्टले प्रभावकारी नीति र बलियो संस्थागत संरचनाले मात्र देशको उत्पादकत्व तथा प्रतिव्यक्ति आय बढाउन सक्ने उल्लेख गरे । उनले पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिमा लगानी बढाउँदै आर्थिक वृद्धिको आधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको कुरामा विशेष जोड दिए ।

2