Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

ग्यास आयात १५% बढ्यो, अनावश्यक होल्ड नगर्नू : ग्यास उद्योग संघ

ग्यास आयात १५% बढ्यो, अनावश्यक होल्ड नगर्नू : ग्यास उद्योग संघ
A A+ A-

नेपाल एलपी ग्यास उद्योग संघले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको र अनावश्यक सञ्चय (होल्ड) नगर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ ।

संघले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास आपूर्तिलाई लिएर काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा उपभोक्ताहरूले चिन्ता व्यक्त गरेपछि बजारको वास्तविकता स्पष्ट पारेको हो ।

संघका अध्यक्ष दिवानबहादुर चन्दका​ अनुसार नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीहरूबाट हुने एलपी ग्यासको आयात हाल करिब १५ प्रतिशतले वृद्धि भएको छ । सहज रूपमा भइरहेको आयातसँगै ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने कार्य निरन्तर जारी रहेको संघले जनाएको छ ।

ग्यास सकिने आशंकामा उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्ने, जगेडा राख्ने र होल्ड गर्ने प्रवृत्तिले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । यसले गर्दा साँच्चै ग्यास आवश्यक परेका सर्वसाधारणले सहजै ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था बनेको संघको ठहर छ ।

उपभोक्ताहरूले अतिरिक्त ग्यास खरिद नगरेमा अहिले देखिएको समस्या तत्काल समाधान हुने र आगामी दिनमा पनि आपूर्ति सहज रहने भएकाले अभाव हुने कुनै सम्भावना नरहेको संघले स्पष्ट पारेको छ ।

संघले ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोगकर्ताहरूलाई प्राथमिकतामा राखेर मात्र ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ । आफ्ना सदस्य उद्योगहरू र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाउँदै संघले सम्पूर्ण उपभोक्तालाई धैर्य र संयम अपनाउन अनुरोध गरेको छ ।

2