udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड
A A+ A-

व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४५ प्रतिशत बढी नाफा गरेको हो ।

हुलास फिनसर्भले प्रकाशन गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तार र नाफामा उल्लेख्य प्रगति हासिल गरेको देखिएको छ ।

अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

एक वर्षमै हुलास फिनसर्भको व्यवसायको आकार एकतिहाईले बढ्दा खुद ब्याज आम्दानी र नाफा दुबै बढेको हो ।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कर्जा प्रदायक कम्पनी हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले बुक बिल्डिङमार्फत् २० लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ । सेयर निष्काशनका लागि कम्पनीले २ वर्षअघि नै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनी ग्राहकहरूलाई ‘इन्स्टा फाइनान्स’ सेवा प्रदान गर्नेमा विशेषज्ञ रहेको छ । कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ छ ।

उपभोक्ता फाइनान्सिङ सेवाहरू दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारी, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरमा उपलब्ध छन् । प्रतिस्पर्धात्मक ब्याजदर र नविनतम किस्ता सुविधाहरूमार्फत ग्राहकहरूको खरिद प्रक्रियालाई सजिलो बनाउने प्रतिबद्धता हुलासले गरेको छ ।

सन् २०१२ मा स्थापित हुलास इन्भेस्टमेन्ट कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भ बनेको थियो भने सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज भएको हो ।

कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर छ भने बाँकी १५ प्रतिशतमा हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्स लगायत ६ जनाको स्वामित्व छ । एचएच एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो ।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।

गत आवमा यही कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाखबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको मुख्य व्यवसायमा आएको सुधारलाई पुष्टि गर्दछ । साथै कुल कर्जा ८ अर्ब २ करोड ५५ लाखबाट आधा (५२ प्रतिशत)ले बढेर १२ अर्ब २१ करोड ८५ लाख रूपैयाँ पुगेको छ ।

कम्पनीले निष्क्रिय कर्जा नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात घटेर १.८७ प्रतिशतमा झरेको छ । चुनौतीपूर्ण आर्थिक वातावरणका बावजुद प्रभावकारी असुली प्रक्रियाका कारण खराब कर्जा घटाउन सफल भएको व्यवस्थापनको विश्लेषण छ ।

नाफा भारीमात्रामा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी ४८.०४ रुपैयाँ पुगेको छ । जबकि गत आवको अन्त्यसम्म ईपीएस २६.०४ रुपैयाँ मात्र थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ । असार मसान्तसम्म कम्पनीको साधारण जगेडामा २८ करोड ३९ लाख रुपैयाँ छ ।

गत आवमा गरेको करिब ४० करोड नाफामा अघिल्लो आवसम्मको सञ्चित मुनाफा समेत जोड्दा वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ छ । यो कुल सञ्चित नाफाबाट ९३ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

कम्पनीका अनुसार देशको असहज आर्थिक परिस्थिति र तरलता संकुचनका बावजुद पनि कम्पनीले मजबुत वित्तीय प्रदर्शन गरेको छ। ‘हामीले अन्डरराइटिङ मापदण्डमा गरेको कडाइ र सुरुवाती चरणमै गरिएको असुली प्रयासका कारण सम्पत्तिको गुणस्तर कायम राख्न सफल भएका छौं,’ कम्पनीले रिपोर्टमा उल्लेख गरेको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action