udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नागढुङ्गा सुरुङमार्ग उद्घाटनपछि पनि सञ्चालनमा आएन

नागढुङ्गा सुरुङमार्ग उद्घाटनपछि पनि सञ्चालनमा आएन
A A+ A-

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भइसकेको छ। उद्घाटन समारोह भव्य बनाइयो, पूर्वाधार तयार भएको सन्देश पनि दिइयो। तर सर्वसाधारणले भने अझै सुरुङभित्रबाट यात्रा गर्न पाएका छैनन्। सञ्चालनका लागि अन्तिम सुरक्षा परीक्षण बाँकी रहेको भन्दै सडक विभागले साउन महिनाभित्र सुरुङमार्ग खुला गर्ने दाबी गरिरहेको छ।

अहिले आकस्मिक तथा आपत्कालीन सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। यसले आयोजना उद्घाटनअघि नै पूर्ण रूपमा सञ्चालनयोग्य थियो कि थिएन भन्ने प्रश्न उठाएको छ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शुभराज न्यौपानेका अनुसार सर्वसाधारणका लागि सुरुङ खोल्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ। विशेषगरी सुरुङभित्र ठूलो दुर्घटना वा आगलागी भएमा यात्रुलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्ने भन्ने विषयमा परीक्षण केन्द्रित छ।

उद्घाटन भयो, तर यात्रुका लागि अझै ‘नो इन्ट्री’ !

विभागका अनुसार सुरुङभित्र अहिले आकस्मिक सवारीसाधनका लागि मात्र आवतजावत खुला छ। अन्य सवारीसाधन रोक्न ब्यारिकेड र ड्रम राखिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका यिनै तस्बिरले सुरुङ सञ्चालनको वास्तविक अवस्था झन् स्पष्ट पारेका छन्।

विभागले भने ती ब्यारिकेड र ड्रम स्थायी अवरोध नभएको दाबी गरेको छ। अन्तिम सुरक्षा परीक्षणका क्रममा राखिएको जनाएको छ। परीक्षणको मुख्य विषय सुरुङभित्र बसमा आगलागी भएमा ठूलो संख्यामा यात्रुको उद्धार कसरी गर्ने भन्ने हो।

प्रवक्ता न्यौपानेका अनुसार ५० जना यात्रु सवार बसमा आगलागी भएको काल्पनिक अवस्थासहित उद्धार प्रक्रिया परीक्षण गरिनेछ। विमानस्थलमा हुने आपत्कालीन अभ्यासजस्तै सुरुङभित्र पनि यस्तो सुरक्षा अभ्यास आवश्यक रहेको उनको भनाइ छ।

यही एउटा परीक्षण बाँकी रहेकाले सुरुङ सर्वसाधारणका लागि नखोलिएको विभागको तर्क छ। परीक्षण सम्पन्न भएपछि सबै प्रकारका सवारीसाधनका लागि सुरुङ खुला गरिने र त्यसका लागि साउन महिनाभित्रको समयसीमा राखिएको विभागले जनाएको छ।

तर यहाँ प्रश्न सुरक्षा परीक्षणको आवश्यकता हो कि होइन भन्ने होइन। प्रश्न उद्घाटनको समयमै पूर्ण सञ्चालनका लागि आवश्यक सबै परीक्षण सकिएको थियो कि थिएन भन्ने हो। करोडौँ रुपैयाँको पूर्वाधार निर्माण सम्पन्न भएको घोषणा गरेर उद्घाटन गरिसकेपछि मुख्य सुरक्षा अभ्यास नै बाँकी रहेको अवस्थाले उद्घाटन हतारमा गरिएको त होइन भन्ने बहस जन्माएको छ।

सात वर्षको आयोजना, उद्घाटनपछि पनि प्रतीक्षा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सात वर्षपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उद्घाटन समारोह गरिएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सवारी चाप घट्ने, यात्रा समय छोटिने र सुरक्षित तथा आधुनिक सडक पूर्वाधार थपिने अपेक्षा गरिएको छ। यही कारण लामो समयदेखि सर्वसाधारणले सुरुङमार्ग सञ्चालनको प्रतीक्षा गरिरहेका छन्।

तर उद्घाटन भइसकेपछि पनि सर्वसाधारणले पुरानै सडक प्रयोग गर्नुपर्ने अवस्था छ। सुरुङमार्ग तयार भएको घोषणा र वास्तविक सञ्चालनबीच देखिएको यो दूरीले आयोजना व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

सडक विभागले भने अब धेरै समय कुर्नु नपर्ने दाबी गरेको छ। अन्तिम सुरक्षा परीक्षण पूरा भएपछि साउन महिनाभित्रै सुरुङमार्ग सार्वजनिक रूपमा सञ्चालनमा ल्याउने उसको भनाइ छ।

सुरुङमार्गजस्तो संवेदनशील पूर्वाधारमा सुरक्षा परीक्षणलाई हल्का रूपमा लिन मिल्दैन। तर त्यति नै महत्वपूर्ण अर्को पक्ष पनि छ। सञ्चालनका लागि अनिवार्य परीक्षण पूरा नगरी उद्घाटन किन गरियो भन्ने प्रश्नको स्पष्ट जवाफ पनि आवश्यक छ। सात वर्ष लगाएर बनाइएको सुरुङमार्ग उद्घाटनको फोटोमा मात्र सीमित नरहोस्, सुरक्षित र पूर्ण तयारीसहित सर्वसाधारणको यात्राको वास्तविक विकल्प कहिले बन्छ भन्ने कुराले अब यसको सफलताको मापदण्ड तय गर्नेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action