udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्लोबल आइएमईको नाइमा अफरः ५.२५ प्रतिशत ब्याजमै अटो लोन

ग्लोबल आइएमईको नाइमा अफरः ५.२५ प्रतिशत ब्याजमै अटो लोन
A A+ A-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर व्यक्तिगत सवारी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत नयाँ गाडी खरिद गर्ने ग्राहकले न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन लिन सक्नेछन्।

बैंकका अनुसार ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा लिन सक्नेछन्। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।

यस्तै, बैंकले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण हुनेछ।

ग्राहकलाई कर्जा प्रक्रियामा सहज बनाउन बैंकले नाइमा अटो एक्स्पोमै आफ्नो स्टल राखेको छ। स्टलबाटै सवारी कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

आवश्यक कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ। यसले एक्स्पोमै गाडी छनोट गर्ने ग्राहकलाई कर्जा प्रक्रियाका लागि छुट्टै बैंक धाउनुपर्ने झन्झट कम गर्नेछ।

ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मान प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्। बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action