Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

धनुषा र मधेशको विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुँदै

अ+ अ-

धनुषा। ढल्केबर–बालगङ्गा १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन आयोजना निर्माणको महत्वपूर्ण चरणमा पुगेको छ। करिब २४ किलोमिटर लामो डबल सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज गरिएको छ भने बालगङ्गा सबस्टेशनको निर्माण तथा उपकरण जडान तीव्र गतिमा अघि बढिरहेको छ।

आयोजना दशैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।

आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकुहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइन क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने अपेक्षा गरिएको छ। यसबाट स्थानीय उपभोक्ताले प्रत्यक्ष लाभ पाउनुका साथै धनुषाको समग्र वितरण प्रणाली अझ सुदृढ हुनेछ।

यससँगै मधेश प्रदेशभर प्रसारण तथा वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढाउने विभिन्न आयोजना पनि क्रमशः अघि बढिरहेका छन्।

स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा विद्युत् सेवा सुधारका थप कार्य अघि बढाउन सम्बन्धित वितरण केन्द्र, नेपाल विद्युत् प्राधिकरणका प्रदेश कार्यालय तथा स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको जनाइएको छ। स्थानीयस्तरबाट प्राप्त सुझाव र प्राथमिकताले विद्युत् सेवा अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

2