Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

वाराणसी–नेपालगन्ज रेलसेवा विस्तार, पश्चिम नेपालमा व्यापार–पर्यटनको सम्भावना

वाराणसी–नेपालगन्ज रेलसेवा विस्तार, पश्चिम नेपालमा व्यापार–पर्यटनको सम्भावना
A A+ A-

नेपालगन्ज। भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा नेपालगन्ज रोड स्टेसनसम्म विस्तार हुने भएको छ।

भारतीय रेल मन्त्रालयको निर्णयसँगै पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग रेलमार्फत थप सहज रूपमा जोडिने भएको हो।

भारतीय रेल विभागका अनुसार १५१३२ वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र १५१३१ नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउनेछन्।

सेवा विस्तारपछि बाँके, बर्दिया र पश्चिम नेपालका नागरिकलाई भारत आवतजावत तथा व्यापारिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ। व्यवसायीहरूले होटल, यातायात, गोदाम, खुद्रा व्यापार तथा अन्य सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने बताएका छन्।

रेलसेवाले भारतीय पर्यटकलाई नेपालगन्ज हुँदै बर्दिया, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गन्तव्यसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ। भारतमा शिक्षा, स्वास्थ्योपचार तथा धार्मिक यात्राका लागि जाने नेपालीलाई पनि सेवा उपयोगी हुने बताइएको छ।

समयतालिकाअनुसार वाराणसीबाट राति १०:३५ बजे छुट्ने रेल बिहान ११:२० बजे नेपालगन्ज रोड पुग्नेछ। नेपालगन्ज रोडबाट दिउँसो ४:१५ बजे छुट्ने रेल बिहान ८:३० बजे वाराणसी पुग्नेछ।

नेपालगन्जसम्म रेलसेवा विस्तारको माग लामो समयदेखि हुँदै आएको थियो। सेवा विस्तारसँगै पश्चिम नेपालको व्यापार, पर्यटन र आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

2