Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नेशनल लाइफको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न

अ+ अ-

गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेस्ट रिसोर्टमा सम्पन्न भएको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले बजारमा आफूलाई अब्बल साबित गर्न सबैले क्षमता विकाससँगै व्यवसाय प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताइन्।

उनले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिँदै कम्पनीको डिजिटल मार्केटिङलाई थप प्रवद्र्धन गर्नुपर्ने बताइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए। उनले यो केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पुर्‍याउने प्रण गर्ने अवसर भएको धारणा राखे।

एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण

सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो।

नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुनसक्ने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा चनाखो र जिम्मेवार हुनुपर्ने उनले बताए।

कर्मचारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एआई प्रशिक्षक विश्वराज पौडेलले एआईका विभिन्न टुल्स तथा तिनको प्रयोगबाट बीमा व्यवसायलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा मार्केटिङ गर्ने उपायबारे प्रशिक्षण दिएका थिए।

यस्तै, श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार तथा व्यावसायिक सफलता हासिल गर्ने उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए।

सम्मेलनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो। अधिकतम प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन–तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै, चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक उत्कृष्ट शाखा कार्यालयलाई कम्पनीका अध्यक्ष सिंहले सम्मान तथा पुरस्कार प्रदान गरेकी थिइन्।

कर्मचारीको क्षमता विकाससँगै आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सम्मेलनमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस र म्युजिकल चेयरलगायतका खेल सञ्चालन गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए।

2