udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतका धनाढ्य घरानाको सम्पत्ति साउदी अरबको अर्थतन्त्रभन्दा ठूलो

भारतका धनाढ्य घरानाको सम्पत्ति साउदी अरबको अर्थतन्त्रभन्दा ठूलो
A A+ A-

एजेन्सी । भारतका प्रमुख व्यावसायिक घरानाको संयुक्त सम्पत्ति १४.६ खर्ब अमेरिकी डलर पुगेको छ । यो आकार साउदी अरब, स्विट्जरल्यान्ड, पोल्यान्डलगायतका देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा ठूलो रहेको बार्कलेज प्राइभेट क्लायन्ट्स हुरुन इन्डियाको पछिल्लो रिपोर्टले देखाएको छ ।

अगस्ट ११ मा सार्वजनिक गरिएको ‘बार्कलेज प्राइभेट क्लायन्ट्स हुरुन इन्डिया मोस्ट भ्यालुएबल फ्यामिली बिजनेसेस’ सूचीअनुसार मुकेश अम्बानीको परिवार भारतकै सबैभन्दा मूल्यवान व्यावसायिक घरानाका रूपमा शीर्ष स्थानमा छ । अम्बानी परिवारको कुल सम्पत्ति २५.८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । यद्यपि पछिल्लो वर्ष परिवारको सम्पत्ति ८.५ प्रतिशतले घटेको छ ।

पहिलो पुस्ताका उद्यमीमध्ये गौतम अडानीको परिवार सबैभन्दा अगाडि देखिएको छ । अडानी परिवारसँग १९.६ लाख करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको रिपोर्टमा उल्लेख छ ।

एक वर्षमै थपियो ३० लाख करोड

रिपोर्टअनुसार भारतका प्रमुख व्यावसायिक घरानाले सन् २०२४ को सूचीपछि आफ्नो संयुक्त सम्पत्तिमा करिब ३० लाख करोड भारतीय रुपैयाँ थपेका छन् । यस हिसाबले उनीहरूको सम्पत्ति दैनिक औसत करिब ४ हजार ७६ करोड रुपैयाँ बराबरले बढेको देखिन्छ ।

सन् २०२४ यता यी घरानाको संयुक्त सम्पत्ति २७.५ प्रतिशतले बढेको छ । यो अवधिमा निफ्टी ५० र सेन्सेक्सको वृद्धिदरभन्दा उनीहरूको सम्पत्ति वृद्धिदर उच्च रहेको रिपोर्टले जनाएको छ ।

हुरुन इन्डियाका संस्थापक तथा मुख्य अनुसन्धानकर्ता अनस रहमान जुनैदका अनुसार यी व्यावसायिक घरानाको कुल मूल्यलाई एउटा देशको अर्थतन्त्रका रूपमा गणना गर्ने हो भने यो विश्वको १८औँ ठूलो अर्थतन्त्र बन्नेछ ।

उनका अनुसार यस्तो सम्पत्तिको आकार नेदरल्यान्ड्स, साउदी अरब, स्विट्जरल्यान्ड र पोल्यान्डको जीडीपीभन्दा समेत ठूलो छ ।

अम्बानीपछि अडानी, मित्तल र बिर्ला

सूचीमा भारती एयरटेलका प्रवर्द्धक सुनिल भारती मित्तल १२.१ लाख करोड भारतीय रुपैयाँ सम्पत्तिसहित तेस्रो स्थानमा छन् । पहिलो पुस्ताका उद्यमीको सूचीमा भने उनी अडानीपछि दोस्रो स्थानमा छन् ।

कुमार मंगलम बिर्ला ८.१४ लाख करोड भारतीय रुपैयाँ सम्पत्तिसहित चौथो स्थानमा छन् ।

तीन वर्षको अवधिमा सबैभन्दा तीव्र सम्पत्ति वृद्धि गर्ने परिवारमा शाही एक्सपोर्ट्सको आहुजा परिवार अगाडि देखिएको छ । उसको सम्पत्ति ३५२ प्रतिशतले बढेर ३७ हजार ५०० करोड भारतीय रुपैयाँ पुगेको छ ।

गरवारे हाई–टेक फिल्म्सका शशिकान्त भालचन्द्र गरवारे परिवारले पनि उल्लेख्य प्रगति गरेको छ । तीन वर्षमा परिवारको सम्पत्ति तीन गुणाले बढेर १५ हजार ६०० करोड रुपैयाँ पुगेको छ । यससँगै उक्त परिवारको वरीयता ६१ स्थान माथि उक्लिएको छ ।

जिन्दल परिवारले भने तीन वर्षमा निरपेक्ष रूपमा सबैभन्दा धेरै सम्पत्ति सिर्जना गरेको छ । परिवारको सम्पत्ति ३.३ लाख करोड रुपैयाँले बढेर ८.०२ लाख करोड रुपैयाँ पुगेको छ । यो करिब ७० प्रतिशतको वृद्धि हो ।

दोस्रो पुस्ताको नेतृत्वमा ७० प्रतिशत व्यवसाय

रिपोर्टले भारतीय पारिवारिक व्यवसायमा पुस्तान्तरणसँगै व्यावसायिक सुशासन र संस्थागत अभ्यास बढ्दै गएको पनि देखाएको छ ।

हाल सूचीमा रहेका करिब ७० प्रतिशत व्यवसाय दोस्रो पुस्ताले नेतृत्व गरिरहेका छन् । त्यस्तै ५७ वटा व्यवसाय तेस्रो पुस्ताको नेतृत्वमा र २० वटा व्यवसाय चौथो पुस्तासम्म पुगेका छन् ।

पुस्ता हस्तान्तरणसँगै पारिवारिक व्यवसायमा उत्तराधिकार योजना, व्यावसायिक व्यवस्थापन, संस्थागत सुशासन र आधुनिक अभ्यासको प्रयोग बढिरहेको रिपोर्टले उल्लेख गरेको छ ।

यी व्यावसायिक घरानाको आर्थिक प्रभाव सम्पत्तिमा मात्रै सीमित छैन । रिपोर्टअनुसार उनीहरूले कुल ५६ लाख करोड भारतीय रुपैयाँ बराबरको राजस्व सिर्जना गरेका छन् र १.९ लाख करोड रुपैयाँ कर तिरेका छन् । यो भारतको कुल संस्थागत कर संकलनको करिब १७ प्रतिशत बराबर हो ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action