udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विदेशी पुनर्बीमा ब्रोकरलाई एक वर्षभित्र नेपालमा कार्यालय खोल्नुपर्ने

विदेशी पुनर्बीमा ब्रोकरलाई एक वर्षभित्र नेपालमा कार्यालय खोल्नुपर्ने
A A+ A-

काठमाडौं । नेपालमा कारोबार गर्दै आएका विदेशी पुनर्बीमा ब्रोकरले अब सूचीकरण नम्बर प्राप्त गरेको एक वर्षभित्र अनिवार्य रूपमा कार्यालय स्थापना गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले विदेशी ब्रोकरलाई प्रतिनिधि मात्रै खटाएर कारोबार गर्ने छुट हटाउँदै नेपालमै संस्थागत उपस्थिति अनिवार्य गरेको हो।

प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा दलालका लागि यस्तो समयसीमा तोकेको हो। संशोधित व्यवस्थाअनुसार प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमा ब्रोकरले एक वर्षभित्र शाखा कार्यालय, सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ।

यसअघि विदेशी पुनर्बीमा ब्रोकरले नेपालमा प्रतिनिधि खटाएर पुनर्बीमा कारोबार गर्दै आएका थिए। तर, ब्रोकरको स्थायी कार्यालय र संस्थागत उपस्थिति नहुँदा कारोबारको नियमन, जवाफदेहिता तथा पारदर्शितामा प्रश्न उठ्दै आएको थियो। यही अवस्थालाई व्यवस्थित गर्न प्राधिकरणले कार्यालय स्थापनाको स्पष्ट समयसीमा तोकेको हो।

नयाँ व्यवस्थाले नेपालमा पुनर्बीमा कारोबार गर्ने विदेशी ब्रोकरलाई नियामकीय दायराभित्र थप मजबुत रूपमा ल्याउने अपेक्षा गरिएको छ। अब सूचीकरण नम्बर लिएर लामो समयसम्म नेपालमा कार्यालयविहीन रूपमा कारोबार गर्न पाइने छैन।

यसैगरी प्राधिकरणले स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा दलाल तथा प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमक र पुनर्बीमा दलालसँग मात्रै पुनर्बीमा कारोबार गर्नुपर्ने व्यवस्था पनि गरेको छ।

संशोधित व्यवस्थाले पुनर्बीमा कारोबारलाई थप व्यवस्थित, पारदर्शी र नियमनयोग्य बनाउने प्राधिकरणको उद्देश्य देखिन्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action