udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उत्पादन मात्रै होइन, प्रसारण र वितरण पूर्वाधार पनि सँगसँगै विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ

उत्पादन मात्रै होइन, प्रसारण र वितरण पूर्वाधार पनि सँगसँगै विस्तार गर्नुपर्छ : मन्त्री श्रेष्ठ
A A+ A-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउन विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको बताए।

उनले विद्युत् उत्पादन बढ्दै गए पनि पर्याप्त र भरपर्दो प्रसारण पूर्वाधारको अभावमा त्यसको पूर्ण आर्थिक लाभ लिन नसकिने बताए। उत्पादित विद्युत् विश्वसनीय रूपमा प्रसारण गर्दै उत्पादनशील क्षेत्रमा खपत बढाउनुपर्नेमा उनले जोड दिए।

मन्त्री श्रेष्ठले विद्युत्लाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणको प्रमुख संवाहक बनाउने सरकारको नीति रहेको बताए। उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात, सूचना प्रविधिलगायत उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा पूर्वाधारगत व्यवस्था गरिने उनको भनाइ थियो।

देशभित्र खपत हुन नसक्ने अतिरिक्त विद्युत्लाई क्षेत्रीय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन र अर्थतन्त्रमा योगदान बढाउन सकिने सम्भावना रहेको उनले बताए। नेपालको जलविद्युत् उत्पादनलाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्न सके विद्युत् क्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ।

उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक क्षेत्रसँगै निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था र अन्तर्राष्ट्रिय सहकार्य परिचालन गर्नुपर्ने बताए।

प्रसारण प्रणालीलाई भविष्यको विद्युत् उत्पादन र मागअनुसार सक्षम बनाउन आधुनिक प्रविधिको प्रयोगमा पनि उनले जोड दिए। आधुनिक ग्रिड व्यवस्थापन प्रणालीमार्फत प्रसारण प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र दिगो बनाउनुपर्ने उनले बताए।

मन्त्री श्रेष्ठले विद्युत् प्रसारण प्रणालीमा खुला पहुँच, पारदर्शी नियामकीय व्यवस्था र लागतमा आधारित प्रसारण सेवा प्रणाली विकास गर्दै प्रतिस्पर्धी तथा गतिशील विद्युत् बजार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट, स्थिर र लगानीमैत्री नीतिगत वातावरण आवश्यक रहेको उनको भनाइ थियो।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले आफ्नो संस्थागत क्षमता विस्तार गर्दै रणनीतिक महत्वका प्रसारण पूर्वाधार निर्माणमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action