Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सानिमा रिलायन्स लाइफको नाफा ३८ करोड, बीमाशुल्क आर्जन १६% बढ्यो

अ+ अ-

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ थियो। नाफा १.६९ प्रतिशतले बढेको हो।

कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमाशुल्क आर्जनमा भने उल्लेख्य वृद्धि भएको छ। गत आवमा कम्पनीले ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा यस्तो आर्जन ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँ थियो। एक वर्षमा खुद बीमाशुल्क आर्जन १६.१७ प्रतिशतले बढेको हो।

व्यवसाय विस्तारसँगै कम्पनीको दाबी भुक्तानी पनि बढेको छ। गत आवमा कम्पनीले ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवमा यस्तो भुक्तानी ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी गत आवमा ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ थियो।

यस्तै, गत आवमा कम्पनीको कुल खर्च ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कुल खर्च ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ रहेको थियो।

सानिमा रिलायन्स लाइफको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको जीवन बीमा कोष पनि विस्तार भएको छ। गत आवमा जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ७.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ कायम भएको छ।

सानिमा रिलायन्स लाइफको नाफा वृद्धिदर भने सामान्य रहे पनि बीमाशुल्क आर्जनमा भएको १६ प्रतिशतभन्दा बढीको वृद्धि र जीवन बीमा कोषको विस्तारले कम्पनीको व्यवसाय विस्तार भइरहेको देखाएको छ।

2