Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

नागरिक लगानी कोषको नाफा बढ्यो, कोष मौज्दात ३ खर्ब ३६ अर्ब

अ+ अ-

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा ७.७२ प्रतिशतले बढेको हो।

कोषको कुल आम्दानी पनि बढेको छ। गत आवमा कुल आम्दानी ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। कुल आम्दानीमा सेवा शुल्क तथा कमिसन आम्दानीको हिस्सा ठूलो रहेको छ। समीक्षा अवधिमा कोषले सेवा शुल्क तथा कमिसनबाट १ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको छ।

यस्तै, कोषको ब्याज आम्दानी ३६ करोड ४७ लाख रुपैयाँ रहेको छ। आम्दानीका प्रमुख स्रोतमा भएको विस्तारसँगै कोषको समग्र नाफामा सुधार देखिएको हो।

नागरिक लगानी कोषको खुद कोष मौज्दात पनि थप बलियो बनेको छ। गत आवको अन्त्यसम्म कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। विभिन्न क्षेत्रमा गरिएको कुल लगानीको आकारसमेत ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कोषको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ।

तर, नाफा र कोषको आकार बढे पनि लगानीबाट प्राप्त प्रतिफलमा भने दबाब देखिएको छ। बजारमा तरलता बढ्दा मुद्दती निक्षेपको ब्याजदर घटेपछि कोषको लगानी प्रतिफल अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर गत आवमा ४.२७ प्रतिशतमा झरेको छ।

यसले ठूलो रकम लगानी गरिरहेको कोषका लागि आगामी दिनमा चुनौती थपेको छ। ब्याजदर घट्दा सुरक्षित लगानीबाट प्राप्त हुने प्रतिफल खुम्चिने भएकाले कोषले लगानीका नयाँ र विविध क्षेत्र खोज्नुपर्ने अवस्था देखिएको छ।

यही चुनौतीलाई ध्यानमा राख्दै कोषले डिजिटल रुपान्तरण, सेवा प्रवाहमा चुस्तता र लगानी विविधीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। सफ्टवेयर एकीकरणमार्फत सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सुरक्षित लगानीका नयाँ अवसर पहिचान गर्ने रणनीति कोषले अघि सारेको छ।

समग्रमा नागरिक लगानी कोषको नाफा र कोष मौज्दात दुवै बढेको छ। ठूलो लगानी आधार र ३ खर्बभन्दा बढीको कोष मौज्दातले संस्थाको वित्तीय आकार बलियो देखाए पनि घट्दो ब्याजदरका कारण लगानी प्रतिफलमा आएको गिरावट भने कोषका लागि मुख्य चुनौती बनेको छ।

2