udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पाँचतारे होटल र्‍याडिसनमा १८४ सिलिन्डर ग्यास भेटियो, ‘लुकाएर राखेको’ आरोप

पाँचतारे होटल र्‍याडिसनमा १८४ सिलिन्डर ग्यास भेटियो, ‘लुकाएर राखेको’ आरोप
A A+ A-

काठमाडौं। उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित पाँचतारे होटल र्‍याडिसनमा अनुगमन गर्दा ठूलो संख्यामा ग्यास सिलिन्डर भेटिएको छ।

विभागका अनुसार होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका गरी १८४ वटा सिलिन्डर फेला परेका हुन्। बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यवसायिक प्रतिष्ठानको ग्यास मौज्दातमाथि निगरानी बढाएको थियो।

सोही क्रममा गरिएको अनुगमनमा होटलमा ठूलो परिमाणमा ग्यास सिलिन्डर भेटिएको विभागले जनाएको छ। विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ।

उपभोक्ताले बजारमा ग्यास अभाव झेलिरहेका बेला एउटा व्यवसायिक प्रतिष्ठानमा ठूलो संख्यामा सिलिन्डर भेटिएपछि विभागले त्यसको मौज्दात र प्रयोगबारे चासो देखाएको हो।

होटलले व्यावसायिक प्रयोजनका लागि आवश्यकताअनुसार ग्यास मौज्दात राखेको हो वा अनधिकृत रूपमा भण्डारण गरेको हो भन्ने विषयमा विभागले अध्ययन गरिरहेको जनाएको छ।

उद्योग मन्त्रालयले ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल तथा व्यवसायिक प्रतिष्ठानको ग्यास मौज्दातमाथि निगरानी बढाइएको जनाएको छ।

मन्त्रालयका अनुसार अनधिकृत रूपमा ग्यास भण्डारण गरेको पुष्टि भए सम्बन्धित व्यवसायिक प्रतिष्ठानमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने छ। साथै, बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action