काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनीले साढे ३७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ३७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५५ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेर ९२ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको इम्पेयरमेन्ट चार्ज गत आवमा २८.५५ प्रतिशतले घटेर ६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा भने कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड रुपैयाँ थियो ।
कम्पनीको खराब कर्जा अनुपात (एनपीएल)भने सामान्य बढेको छ । अघिल्लो आवमा ३.१२ प्रतिशत रहेको एनपीएल गत आवमा ३.४३ प्रतिशत पुगेको छ ।
त्यस्तै, कम्पनीको पूँजीकोष अनुपात १२.७९ प्रतिशत, कस्ट अफ फण्ड ४.४२ प्रतिशत, सीडी रेसियो ८२.९९ प्रतिशत, बेस रेट ५.८२ प्रतिशत, स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।
१ अर्ब ३५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८४ करोड ४६ रुपैयाँ संचित रहेको छ ।
सो अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ४२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसर्थमा कम्पनीको लाभांश क्षमता ३१.१३ प्रतिशत रहेको छ ।
कम्पनीको ईपीएस २३.१४ रुपैयाँबाट बढेर २७.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९३.६३ रुपैयाँ, पीई रेसियो २७.७२ गुणा र तरलता अनुपात २४.८६ प्रतिशत रहेको छ ।
