Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सामसङको एआईसहितको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

अ+ अ-

काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनसहित ग्यालेक्सी वाचको नयाँ लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८, ग्यालेक्सी जेड फ्लिप ८, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ नेपाली बजारमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार आठौँ पुस्ताको फोल्डेबल प्ल्याटफर्ममा डिजाइन, टिकाउपन, पोर्टेबिलिटी र सफ्टवेयरमा गरिएको सुधारसँगै नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभवलाई प्राथमिकता दिइएको छ।

ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र जेड फोल्ड ८ मा दिइएको ठूलो डिस्प्लेले एआईमा आधारित कामलाई थप सहज बनाउने कम्पनीको दाबी छ। प्रयोगकर्ताले एप परिवर्तन नगरी सामग्री समीक्षा, तुलना, सिर्जना तथा आवश्यक काम गर्न सक्ने गरी उपकरणलाई विकास गरिएको छ।

यता ग्यालेक्सी जेड फ्लिप ८ ले सानो फर्म फ्याक्टरमै एआईसँग छिटो अन्तरक्रिया र सिर्जनात्मक कामको सुविधा दिने कम्पनीले जनाएको छ। नयाँ ग्यालेक्सी वाच सिरिजले भने कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभवलाई विस्तार गर्नेछ।

यसपटक सामसङले उत्पादन सार्वजनिक गर्नेमात्र नभई स्वामित्वलाई सहज बनाउने योजनालाई पनि प्राथमिकतामा राखेको छ। कम्पनीले किस्ता, ट्रेड इन, कनेक्टिभिटी तथा रेमिट्यान्ससँग जोडिएका सुविधामार्फत प्रिमियम उपकरण खरिदलाई सहज बनाउने जनाएको छ।

एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। योग्य उच्चस्तरीय ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको छ।

त्यस्तै, ट्रेड इन बोनसले सुरुवाती लागत घटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ। कनेक्टिभिटी सुविधा र योजनामा रहेको रेमिट्यान्ससँग जोडिएको नगद फिर्ताले ग्राहकलाई थप लाभ दिने बताइएको छ।

सामसङले आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको ओम्नीच्यानल सहकार्यबाट डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि अर्डर, डेलिभरी र ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एकीकृत गर्ने जनाएको छ।

ग्राहकले डिजिटल केवाईसी वा रेमिट्यान्स प्रमाणीकरणदेखि खरिद र उत्पादन प्राप्तिसम्म एउटै प्रक्रियाबाट सेवा लिन सक्ने कम्पनीको दाबी छ।

ट्रेड इनका लागि योग्य पुराना उपकरणलाई एपीकेयूडीओ र स्थानीय साझेदारको सहकार्यमा परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गरिनेछ। सम्भव भएका उपकरणलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ।

नयाँ सिरिजको प्रि अर्डर अगस्ट १३ देखि सुरु भएको छ। स्टक उपलब्ध रहेसम्म प्रि अर्डर खुला रहने कम्पनीले जनाएको छ। भिआईपी प्रि अर्डर प्याकेजमा ६८ हजार रुपैयाँसम्म र सामान्य प्रि अर्डरमा ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीको भनाइ छ।

2