Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

अ+ अ-

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।

कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १३३, रेड लाइट उल्लंघन गर्ने ६४, लेन उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी ४३ र वन–वे उल्लंघन गर्ने १४ जना रहेका छन्।

त्यस्तै मापसे गरी सवारी चलाउने ७९, सीसीटीभी निगरानीबाट ३७, हर्न निषेध उल्लंघन गर्ने १९ तथा अन्य कसुरमा ६७६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सवारी नियम पालना गराउन नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

2