udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हेटौँडा कपडा उद्योगसँगै कपास खेती विस्तारमा सरकारको जोड

हेटौँडा कपडा उद्योगसँगै कपास खेती विस्तारमा सरकारको जोड
A A+ A-

काठमाडौं । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै सरकारले उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने तयारी थालेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले कपडा उद्योगका लागि आवश्यक कपास नेपालमै उत्पादन गर्न निजी क्षेत्र तथा व्यवसायीलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन्।

नेपालका कपडा उद्योगले ठूलो मात्रामा कपास आयात गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री यादवले स्वदेशमै कपास उत्पादन बढाएर आयात निर्भरता घटाउनुपर्ने बताइन्। उनका अनुसार कपास खेती विस्तार भए कपडा उद्योगका लागि कच्चा पदार्थको आपूर्ति सहज हुनुका साथै किसानको आम्दानी र रोजगारीका अवसरसमेत बढ्नेछन्।

कपास खेती विस्तारका विषयमा मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग पनि छलफल गरेकी छन्। छलफलमा दाङ, बाँके र बर्दियालगायतका जिल्लामा व्यावसायिक कपास खेतीको सम्भावनाबारे चर्चा भएको जनाइएको छ।

नेपालमा कपास खेतीको सम्भावना भए पनि व्यावसायिक उत्पादन हुन नसक्दा कपडा उद्योग कच्चा पदार्थका लागि विदेशमा निर्भर छन्। कपडा उद्योगसँगै कपास उत्पादनलाई पनि अघि बढाउन सके आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

यसैबीच लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढेको छ। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारखाना सञ्चालनका लागि आवश्यक सम्पत्ति तथा दायित्व मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ। मूल्यांकनपछि थप प्रक्रिया अघि बढाइने तयारी छ।

हेटौँडा कपडा उद्योग सञ्चालन, कपास खेती विस्तार र बुटवल धागो कारखाना पुनः सञ्चालनको योजना अघि बढे कपासदेखि धागो र धागोदेखि कपडासम्मको स्वदेशी उत्पादन शृंखला निर्माण गर्ने आधार तयार हुने देखिएको छ।

सरकारले स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ। कपास खेती विस्तारमार्फत आयात घटाउने, स्थानीय उत्पादन बढाउने, किसानलाई व्यावसायिक अवसर दिने र रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action