काठमाडौं । साओमीले लामो ब्याट्री लाइफ, स्वास्थ्य निगरानी सुविधा र आकर्षक डिजाइनसहित रेड्मी वाच–६ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। सिरिजमा रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीन मोडल उपलब्ध छन्।
सिरिजको प्रिमियम मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले छ। यसको अधिकतम चमक २ हजार निट्ससम्म पुग्छ। आल्मुनियम एलोय फ्रेममा तयार गरिएको यस स्मार्टवाचको ब्याट्री सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
यसमा डुअल एल१ ५–सिस्टम जीएनएसएस, विभिन्न स्वास्थ्य निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने व्यवस्था छ। स्मार्टवाच ५ एटीएमसम्म पानी प्रतिरोधी छ।
रेड्मी वाच–६ लाइटमा १.९६ इन्चको एमोलेड डिस्प्ले र १ हजार ५०० निट्ससम्मको ब्राइटनेस दिइएको छ। यसमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी स्पोर्ट्स मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित लोकेसन ट्र्याकिङ, ९–अक्षीय मोसन सेन्सर र व्यावसायिक पौडी मोडलगायत सुविधा छन्।
४७० एमएएच ब्याट्री रहेको यस मोडलले सामान्य प्रयोगमा १८ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ। यसमा मुटुको धड्कन, प्रकाश र एक्सेलेरेसन मापन गर्ने सेन्सरसमेत छन्।
त्यस्तै, रेड्मी वाच–६ एक्टिभमा १.८५ इन्चको एमोलेड डिस्प्ले र १ हजार २०० निट्ससम्मको ब्राइटनेस छ। आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमतासहितको यस घडी ९.९ मिलिमिटर पातलो र हलुका फ्ल्याट–एज डिजाइनमा उपलब्ध छ।
यसमा ब्लुटुथ कलिङसँगै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा ‘SpO₂’ र तनाव निगरानी गर्ने सुविधा छ। यसको ब्याट्री पनि सामान्य प्रयोगमा १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।
मूल्यतर्फ रेड्मी वाच–६ को २० हजार ४९९ रुपैयाँ, रेड्मी वाच–६ लाइटको १४ हजार ९९९ रुपैयाँ र रेड्मी वाच–६ एक्टिभको १० हजार ९९९ रुपैयाँ तोकिएको छ।
रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रेमा उपलब्ध छ। वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रेमा तथा वाच–६ एक्टिभ मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
